काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहीबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।
बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय सुरक्षा अवस्था, समसामयिक घटनाक्रम तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा मन्त्रालयका सचिव रहने कानुनी व्यवस्था छ।
प्रतिक्रिया