काठमाडौं- ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीले एसीसीए जुन २०२६ परीक्षामा नेपाल तथा विश्वस्तरमा उच्च स्थान हासिल गरेका छन् । परीक्षामा कलेजका तीन विद्यार्थी आआफ्नो विषयमा नेपाल प्रथम भएका छन् भने अन्य तीन विद्यार्थी पनि नेपालका उत्कृष्ट तीनभित्र परेका छन् ।
कलेजका अनुसार पर्फमेन्स म्यानेजमेन्ट विषयमा सहारा मगिया नेपाल प्रथम तथा विश्व आठौँ भएकी छन् । स्ट्राटेजिक बिजनेस लिडर विषयमा नेहा खतिवडा नेपाल प्रथम तथा विश्व १८औँ भएकी छन् भने स्ट्राटेजिक बिजनेस रिपोर्टिङमा आशुतोष शर्मा नेपाल प्रथम तथा विश्व ११औँ भएका छन् ।
त्यस्तै, एडभान्स्ड ट्याक्सेसनमा आशास्वी कुमारी श्रेष्ठ नेपाल दोस्रो तथा विश्व १७औँ भएकी छन् । पर्फमेन्स म्यानेजमेन्टमा शेलिश्मा सिवाकोटी नेपाल तेस्रो तथा विश्व १३औँ र स्ट्राटेजिक बिजनेस रिपोर्टिङमा राकेश साह नेपाल दोस्रो तथा विश्व १३औँ भएको कलेजले जनाएको छ ।
ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज एसीसीएको प्लाटिनम स्वीकृत सिकाइ साझेदार तथा अनुमतिप्राप्त कम्प्युटरमा आधारित परीक्षा केन्द्रका रूपमा सञ्चालनमा रहेको छ ।
विद्यार्थीको नतिजाबारे ब्रिटिश एजुकेशन ग्रुपका व्यावसायिक शिक्षा प्रमुख दिपेन्द्र के. श्रेष्ठले विद्यार्थीको मेहनत, समर्पण र शिक्षकहरूको निरन्तर मार्गदर्शनबाट यस्तो नतिजा हासिल भएको बताए ।
‘राष्ट्रिय मात्र नभई विश्वस्तरमै उत्कृष्ट नतिजा हासिल गर्दै विद्यार्थीहरूले ब्रिटिश प्रोफेशनल कलेजको शैक्षिक उत्कृष्टतालाई थप उचाइमा पुर्याएका छन्,’ श्रेष्ठले भने ।
यसैबीच कलेजले सेप्टेम्बर २०२६ देखि सुरु हुने एसीसीए अध्ययनका लागि नयाँ विद्यार्थी भर्ना खुला गरेको जनाएको छ । इच्छुक विद्यार्थीलाई ललितपुरको चाकुपाटस्थित कलेजबाट शैक्षिक परामर्श लिन सकिने कलेजले जनाएको छ ।
ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश प्रोफेशनल कलेजले लेखा तथा वित्त क्षेत्रमा व्यावसायिक शिक्षा प्रदान गर्दै आएको छ । कलेजले अन्तर्राष्ट्रियस्तरको शिक्षण, शैक्षिक पूर्वाधार र अनुभवी शिक्षकमार्फत विद्यार्थीलाई लेखा तथा वित्त क्षेत्रमा व्यावसायिक भविष्यका लागि तयार गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया