काठमाडौं- सुनसरीसहित मधेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिबारे प्रधानमन्त्री बालेन शाहले मधेश केन्द्रित दल तथा विभिन्न राजनीतिक दलका मधेशी नेताहरूसँग सामूहिक संवाद थालेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा जनमत पार्टीका अध्यक्ष सिके राउत, जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, प्रभु शाह, लालबाबु राउत, अमरेशकुमार सिंह, शरतसिंह भण्डारीलगायत नेताहरू सहभागी छन्।
बैठकमा पछिल्लो घटनाक्रम र समाधानका उपायबारे छलफल भइरहेको जनाइएको छ।
प्रतिक्रिया