तराईको तनावप्रति नाडाको ध्यानाकर्षण, संयमता अपनाउन आग्रह

शुक्रबार, १५ साउन २०८३, १५ : ०८

काठमाडौं- पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्जलगायत तराईका केही जिल्लामा देखिएको अशान्तिपूर्ण गतिविधि र हिंसात्मक घटनाप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गम्भीर चासो व्यक्त गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विज्ञप्ति जारी गर्दै हिंसात्मक गतिविधि, तोडफोड तथा सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन्। यस्ता घटनाले शान्ति सुरक्षासँगै उद्योग–व्यवसाय, लगानी, नागरिकको दैनिक जीवन र समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने उनको भनाइ छ।

नाडाले सबै पक्षलाई संयमता अपनाई कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ। साथै सरकारलाई शान्ति सुरक्षा कायम गरी जनधनको संरक्षण र सामान्य जनजीवन तथा व्यावसायिक वातावरण यथाशीघ्र सहज बनाउन अनुरोध गरेको छ।

शुक्रबार, १५ साउन २०८३, १५ : ०८

प्रतिक्रिया