अपडेट

सर्वदलीय निर्णय: नेपालगन्जमा शनिबार सद्भाव र्‍याली निकालिने

शुक्रबार, १५ साउन २०८३, १५ : ४९

काठमाडौं- सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले बाँकेको नेपालगन्जमा शनिबार सद्भाव र्‍याली आयोजना गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले बिहान ७:३० बजे बीपी चोकदेखि धम्बोझी चोकसम्म सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार सुनसरी, सिराहा लगायतका स्थानमा देखिएका सद्भावविरोधी गतिविधि बाँकेमा हुन नदिन तथा नागरिकबीच आपसी सद्भाव कायम राख्ने उद्देश्यले र्‍याली आयोजना गर्न लागिएको हो।

बैठकले सार्वजनिक स्थानमा डिजे बजाउन तथा हतियार प्रदर्शन गर्न नदिने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो।

शुक्रबार, १५ साउन २०८३, १५ : ४९

प्रतिक्रिया