सिभिल इन्जिनियरिङ ल्याबरेटोरी एशोसिएसन अफ नेपालको पहिलो अधिबेशन सम्पन्न

आइतबार, १७ साउन २०८३, १० : ४५

काठमाडौं- देशभरि क्रियाशिल सिभिल इन्जिनियरिङ ल्याबरेटरीहरुको छाता संस्थाको रुपमा स्थापना गरिएको सिभिल इन्जिनियरिङ ल्याबरेटोरी एशोसिएसन अफ नेपाल ( सिइएलएएन) को प्रथम राष्ट्रिय भेला तथा वार्षिक साधारण सभा एंव अधिबेशन शनिबार सम्पन्न भएको छ । 

काठमाडौंको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा भएको सो सभाले संस्थाको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ । सभाका प्रमुख अथिति तथा सोइल टेष्ट प्रालिका महेन्द्रबहादुर कार्कीले क्यालिब्रेशन गर्ने कार्यमा आई पर्ने समस्या र समधानकालागि आप्mनो तर्फबाट गर्नु पर्ने हर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले संस्था स्थापना गर्नु ठूलो कुरा नभएको तर संस्थाको उदेश्य र देश विकासको कार्यमा पुर्याउने सेवा र सहयोग नै महत्वपूर्ण रहेको बताएका छन् । उने यो पेशा पनि एक प्रकारको सेवामुलक भएकाले देश विकासको कार्यमा सरकारसंग हातेमालो  गरेर अघि बढ्ने र सम्बन्धीत लक्षित वर्गको हितकालागि अघि बढ्न सुझाव दिएका छन् ।
सो कार्यक्रममा ल्याबका सामान वितरक बिभिन्न ईन्टरप्रईजेज, नीति क्षेत्रबाट संचालित सिभिल इन्जिनियरिङ्ग ल्याबोरेटोरीका संचालक तथा विभिन्न पदाधिकारीका साथै अन्य प्रतिनिधिहरुको सहभागीतामा रहेको थियो । 

सहगागीहरुले संस्थाको विकास र प्रगतीको कामना समेत गरेका थिए । सोही अधिबशेनमा संस्थाको आर्थिक बर्ष २०८२÷०८३ को आर्थिक प्रतिबेदन र आर्थिक बर्ष २०८३÷०८४ को अनुमानित प्रतिबेदन तथा कार्यक्रम समेत पेश गरिएको थियो । 

सिल्यानका महासचिब अभिमन्यू हुँमागाईले नीजी क्षेत्रबाट संचालित सिभिल इनिजनियरिङ्ग ल्यावहरुलाई एकिकृत गर्दै व्यवसायमा देखिएका बिद्यमान समस्याहरु समाधान गरि व्यवसायलाई अघि बढाउने प्रतिबेदन सार्वजनिक गरेका थिए ।

उनले एकरुपता, स्वस्थ प्रतिस्प्रधा, गुणस्तरीय एकरुपता प्रदान गर्ने प्रयासलाई मुर्त रुप प्रदान गर्न एकजुटको लामो आवश्यकता महुज भएको घटनालाई संयोगका रुपमा ठोस कदम चालिने कार्यक्रम समाबेश गरिएको बताएका छन् । 

उनले २०८१ साल भदौं ११ गते राम शरण देउजाको संयोजत्वमा अभिमन्यू हुमागाई, गूरु अधिकारी, विज्ञानेश्वर माकजु, राजन महर्जनको उपस्थितिमा सुरुवात बैठक बसि सस्था गठन गर्ने निर्णय गरिएको बताएका छन् । 

सोही बैठकपछि २०८१ साल असोज ७ गते राम शरण देउजाको संयोजत्वमा अभिमन्यू हुमागाई, गूरु अधिकारी, सागर बिक्रम थापा, बिज्ञानेश्वर माकजु, राजन महर्जन, शिवहरी सिलवाल, राजबि कापर, टंक खड्काको उपस्थितिमा संस्थाको तदर्थ समिति गठन गरिएको थियो भने अहिले सोही समितिले संस्थाको पहिलो अधिबेशन सम्पन्न गरेको बताइएको छ । सो संस्थाको कानुनी पक्षलाई अधिवक्ता शिबराम तिमलसीनाले तयार पारि प्रबन्ध पत्र र नियमावलीलाई सर्बसम्मत रुपमा पारित गरिएको थियो ।

अधिवक्ता शिबराम तिमलसीनालाई संस्थाले कानुनी सल्लाकारको स्पमा सर्बसम्मत नियुक्ती गरिएको समेत बताएका छ । संस्थापक अध्यक्ष देउजाको अध्यक्षतामा तर्दथ कमित गठन गरी प्रति सदस्य ५ हजार रुपैयाँका दरले तर्दथ समितीका सदस्यबाट जम्मा ४५ हजार रुपैयाँबाट सांस्थाको कार्यक्रम सुचारु गरिएको समेत उनले बताएका छन् । 

४५ हजार रुपैयाँबाट सुरु भएको सांस्थाको यात्रमा आर्थिक वर्ष २०८२÷०८३ को आर्थिक प्रतिबेदन र आर्थिक बर्ष २०८३÷०८४ को अनुमानित आय व्यय प्रतिवेदन तथा कार्यक्रम समेत सो साधारण सभामा पेश गरिएको थियो । नेपाल निर्माण व्यवसायी महासघका पूर्ब महासचिव समेत रहेका देउजाको अध्यक्षतामा संस्थाको बिधिवत दर्ता गरि संस्थाको उदेश्य अनुसार काम कारबाही गरिदै आएको बताइएको छ । 

उनले भौतिक प७त्रगयतसर्बाधार निर्माण उद्योगको सबैभन्दा महत्वपूर्ण पक्ष गुणस्तर परिक्षण कार्यमा संम्लग्न्न निजी सिभिल इन्जिनियरिं ल्याबेरोटरीको ब्याबसायिक क्षमता अभिवृद्धि, ब्याबसायिक हकहित, नियमन र अनुगमन एवम यस ब्यबसाय सम्बन्धि कानुन तर्जुमा गर्नका लागि ब्यबसायीहरुबिच एकता कायम गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको जनाइएको छ । 

सोही सभामा संस्थाका कोषध्यक्ष राजन महर्जनले आर्थिक वर्ष २०८१÷०८२ र ०८२÷०८३ को आय व्यय समेत सार्वजनिक गरेका थिए । सो प्रस्तुत प्रतिबेदनका अनुसार आर्थिक वर्ष ०८१÷८२ मा सदस्यता शुल्का वापत १ लाख ५० हजार रुपैयाँमा आम्दानी भएको बताइएको छ भने अर्थिक वर्ष २०८२÷८३ मा सदस्यता शुल्क ३ लाख ५० हजार, नविकरण शुल्क ७७ हजार, क्यालिब्रेशन वापत १५ लाख ६५ हजार ५४९ रुपैयाँ, क्यालिब्रेशन सेन्टर विस्तार तथा प्रमाणिकरणको लागि ऋण आम्दानी ३ लाख १० हजार, अन्य खर्चबाट २९ हजार ९६० रुपैयाँ गरि कुल ५० लाख ७७ हजार ५ सय रुपैयाँ आम्दानी भएको जनाइएको छ । संस्थाले आर्थिक वर्ष २०८३÷८४ का लागि कुल ८४ लाख ८२ हजार ८७० रुपैयाँको आम्दानी हुने अनुमानीत बजेट समेत सार्वजनिक गरिएको छ ।
 

आइतबार, १७ साउन २०८३, १० : ४५

प्रतिक्रिया