१७ वर्ष पुरानो राहदानी कसुर

तिब्बती शरणार्थीको ट्राभल डकुमेन्ट प्रकरणमा परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

सोमबार, १८ साउन २०८३, १४ : ३०

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ।

सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) उमा चतुर्वेदीका अनुसार १७ वर्षअघि पाँच जना तिब्बती शरणार्थीका नाममा फर्जी कागजातका आधारमा गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराईविरुद्ध राहदानी कसुरसम्बन्धी मुद्दा दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत सोमबार भट्टराईविरुद्ध राहदानी कसुरसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर गरेको थियो। मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेकाले सोही आधारमा सीआईबीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका भट्टराईलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।

सोमबार, १८ साउन २०८३, १४ : ३०

प्रतिक्रिया