समाचार

सिंहदरबारमा प्रधानमन्त्री र प्रधानसेनापतिबिच भेटवार्ता, के भयो कुराकानी ?

मंगलबार, १९ साउन २०८३, ११ : १८

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीका अनुसार मंगलबार बिहान १०:५० बजेदेखि सुरु भएको भेटवार्ता जारी छ।

सैनिक अधिकारीहरूका अनुसार प्रधानमन्त्री र प्रधान सेनापतिबीचको यो भेट नियमित भेटवार्ताकै क्रममा भएको हो।

सुनसरी र मधेश प्रदेशमा दुई समुदायबीच उत्पन्न विवादपछि गत साउन १४ गते प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका थिए। उक्त बैठकमा तराई–मधेश क्षेत्रमा देखिएको सुरक्षा अवस्था तथा सम्भावित तनाव नियन्त्रणका उपायबारे छलफल भएको थियो।

मंगलबार, १९ साउन २०८३, ११ : १८

प्रतिक्रिया