अपडेट

सेयरबजारमा दबाब कायमै, ४ अर्बको कारोबारबीच नेप्सेमा दोहोरो अंकको गिरावट

मंगलबार, १९ साउन २०८३, १५ : ११

काठमाडौं- साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ।

नेप्सेका अनुसार मंगलबार परिसूचक घटेर २,६६३.१८ विन्दुमा कायम भएको छ। बजारमा करिब ४ अर्ब रुपैयाँ बराबरको कारोबार हुँदा १ करोडभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।

आजको कारोबारमा ५८ कम्पनीको सेयर मूल्य बढेको भने २१४ कम्पनीको सेयर मूल्य घटेको छ। एभरेस्ट कलर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ भने खानीखोला हाइड्रोपावरको सेयर मूल्य १०.०७ प्रतिशतले बढेको छ। अन्य बढ्ने कम्पनीहरूको सेयर मूल्य अधिकतम ५.२६ प्रतिशतसम्मले वृद्धि भएको छ।

यता, घट्ने कम्पनीमध्ये सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ११.६७ प्रतिशतले ओरालो लागेको छ। अन्य कम्पनीहरूको सेयर मूल्य अधिकतम ६.८३ प्रतिशतसम्म घटेको नेप्सेले जनाएको छ।

कारोबार रकमका आधारमा खानीखोला हाइड्रोपावर अग्रस्थानमा रहेको छ। कम्पनीको करिब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अन्य कम्पनीहरूको कारोबार १६ करोड रुपैयाँसम्म सीमित रहेको छ।

नेप्सेका अनुसार मंगलबार कारोबारमा आएका सबै उपसूचकहरू राताम्य बनेका छन्, जसले बजारमा व्यापक बिक्री दबाब रहेको संकेत गरेको छ।

मंगलबार, १९ साउन २०८३, १५ : ११

प्रतिक्रिया