काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको अभाव नहुने भन्दै आत्तिएर सिलिन्डर भण्डारण नगर्न आग्रह गरेको छ ।
संघले बुधबार अपिल जारी गर्दै भारतबाट ग्यास आयात प्रभावित हुँदा केही स्थानमा आपूर्ति व्यवस्थापनमा असहजता देखिए पनि बजारमा पर्याप्त ग्यास उपलब्ध रहेकाले अनावश्यक रूपमा अतिरिक्त सिलिन्डर खरिद वा भण्डारण नगर्न आग्रह गरेको हो ।
संघका अनुसार हाल उद्योगीहरूले उपलब्ध ग्यासलाई प्राथमिकताका आधारमा बजारमा पठाइरहेका छन्। उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्तासम्म ग्यास पुग्न समस्या हुने भएकाले संयमित रूपमा उपभोग गर्न आग्रह गरिएको छ ।
संघले सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति व्यवस्थालाई सहज बनाउन निरन्तर प्रयास भइरहेको जनाएको छ। साथै,
बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अनावश्यक हल्ला फैलाउने गतिविधिमा संलग्न नहुन पनि सबै सरोकारवालालाई अनुरोध गरेको छ ।
प्रतिक्रिया