काठमाडौं- विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँशाओमी वाच एस फाइभ ४६एमएम Xiaomi Watch S5 46mm सार्वजनिक गरेको छ ।
नयाँ स्मार्ट घडीमा १.४८ इन्चकोएमोलेड डिस्प्ले, ४८० × ४८० पिक्सेल रिजोलुसन, ३२३ पिपिआई र २५०० निट्ससम्मको उच्च चमक रहेको छ, जसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ । स्टेनलेस स्टिल फ्रेम, विभिन्न बेजेल र स्ट्र्यापका विकल्प तथा करिब ४६ ग्राम तौलका कारण यो हलुका, आकर्षक र आरामदायी रहेको कम्पनीले जनाएको छ ।
यसमा ८१मेगाहर्ज क्षमताको ब्याट्री रहेको छ, जसले सामान्य प्रयोगमा एक पटकको चार्जमै अधिकतम २१ दिनसम्म साथ दिन्छ । साथै, मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा एसपिओ टु (SpO2), निद्रा तथा अन्य स्वास्थ्य सूचकहरूको सटीक निगरानी गर्ने सुधारिएका सेन्सर र एल्गोरिदम समावेश छन् । साप्ताहिक तथा मासिक निद्रा प्रतिवेदन र स्लिप एचआरभी जस्ता सुविधाले प्रयोगकर्तालाई आफ्नो स्वास्थ्यबारे थप जानकारी उपलब्ध गराउँछन् ।

खेलकुदप्रेमीका लागि यसमा १५० भन्दा बढी खेल तथा व्यायाम मोड, डुअल–ब्यान्ड पाँच–प्रणालीयुक्त जिएनएसएस, तथा साइकल यात्राका लागि स्मार्टफोनसँग जोडिने रियल–टाइम ड्यासबोर्ड सुविधा उपलब्ध छ । नयाँ प्यासन मोडले ताली बजाउने, हात हल्लाउने वा मुट्ठी कस्ने जस्ता गतिविधिलाई पहिचान गरी मुटुको धड्कन, खर्च भएको क्यालोरी तथा उत्साह अभिव्यक्तिको विवरण अभिलेख राख्न सक्छ ।
यस स्मार्ट घडीमा ब्लुटुथ ५.४, एनएफसी फाईभ एटिएम, पानी प्रतिरोधी क्षमता तथा प्रिमियम डिजाइनको संयोजन रहेको छ । आधुनिक जीवनशैली, स्वास्थ्य निगरानी र सक्रिय खेलकुद गतिविधिका लागि Xiaomi Watch S5 46mm उत्कृष्ट रोजाइ हुने कम्पनीको विश्वास रहेको जनाएको छ ।
कम्पनीका अनुसार शाओमी वाच एस फाइभ ४६एमएम को नेपाली बजार मूल्य रु.३९,९९९ तोकिएको छ ।
प्रतिक्रिया