आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै होटल सिराईचुली

विहीबार, २१ साउन २०८३, ११ : ४८

काठमाडौं- होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो।

साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ।

सभामा आईपीओबाट प्राप्त हुने रकमको उपयोगसम्बन्धी प्रस्तावमाथि पनि छलफल हुनेछ। साथै, आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिने कार्यक्रम छ।

यसका अतिरिक्त, साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण तथा अन्य नियमित प्रस्तावहरू पनि अनुमोदन गर्नेछ।

कम्पनीले आईपीओमार्फत सर्वसाधारणलाई स्वामित्वमा सहभागी गराउँदै संकलित पुँजी व्यवसाय विस्तार, सेवा प्रवर्द्धन तथा पूर्वाधार विकासमा उपयोग गर्ने योजना बनाएको जनाएको छ।

विहीबार, २१ साउन २०८३, ११ : ४८

प्रतिक्रिया