भारतीय सेना प्रमुख नेपाल आउँदै

विहीबार, २१ साउन २०८३, १२ : २२

काठमाडौं- भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ आगामी साउन ३१ गते (अगस्ट १६) पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा हुने भ्रमणका क्रममा जनरल सेठ काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

जनरल धीरज सेठ गत असार १५ गते (जुन ३०) भारतीय सेनाको ३१औँ सेना प्रमुखमा नियुक्त भएका थिए। सेनाप्रमुख बनेपछि उनको यो पहिलो नेपाल भ्रमण हुनेछ।

भ्रमणका क्रममा राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपतिबाट जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।

नेपाल र भारतबीच लामो समयदेखि एकअर्काका सेनाप्रमुखलाई मानार्थ सेनापतिको उपाधि प्रदान गर्ने परम्परा रहँदै आएको छ। भ्रमणका क्रममा उनले उच्च राजनीतिक तथा सैनिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

विहीबार, २१ साउन २०८३, १२ : २२

प्रतिक्रिया