काठमाडौं- प्रेस चौतारी नेपाल दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोख्रेलले टरिगाउँ एयरपोर्ट स्तरोन्नति गर्न करिब ५ अर्ब रुपैयाँ लगानी चाहिने बताएका छन् । उनले त्यति लगानीले मात्रै १ हजार ५ सय मिटरको धावन मार्ग तयार हुने र हावा नचलेको बेला मात्रै जहाज अवतरण हुन सक्ने बताए ।
उक्त भेटघाट कार्यक्रममा महासचिव पोख्रेलले तुलसीपुर उपमहानगरपालिकाले तयार पारेको डिपिआर तथा नेपाली कांग्रेसको नेतृत्वको सरकारका पालामा गरिएको स्थलगत अध्ययनको प्रतिवेदनअनुसार टरिगाउँ एयरपोर्टको यथार्थ यही भएको दाबी गरे । ‘२०७२ सालमा एमाले नेतृत्वमा सरकार बनेको बेला टरिगाउँ एयरपोर्ट विस्तार गर्ने कुरा नीति तथा बजेटमा परेको थियो । त्यो सरकार नौ महिना मात्रै चल्यो । त्यसपछि कांग्रेस नेतृत्वको सरकार बन्यो र प्राविधिकहरु ल्याएर अध्ययन गरियो र रिपोर्ट तयार भएको थियो’– उहाँले भन्नुभयो– ‘रिपोर्टले तुलसीपुर एयरपोर्ट विकास गर्न आर्थिकरुपमा सम्भव छैन । योभन्दा राम्रो पहिला पनि अध्ययन भएको नारायणपुर क्षेत्रमा हुन्छ भनेर प्रतिवेदन दियो । त्यसपछि २०७४ मा पुनः एमालेकै नेतृत्वमा सरकार बन्यो र फेरि अध्ययन गरियो । अध्ययनले नारायणपुरको दक्षिणतर्फको लोकेशन नेपालमा अहिलेसम्म बनेका एयरपोर्टमध्ये सबैभन्दा उपयुक्त वातावरण भएको निष्कर्ष निकाल्यो ।’ तत्कालीन समयमा उक्त रिपोर्ट दाङका अन्य पार्टीका नेताहरुलाई पनि राखेर प्रस्तुत गर्दा सबैले रिपोर्ट राम्रो छ भने पनि दाङमा आइसकेपछि नारायपुरमा बनाउनुपर्छ भनेर कुनै नेताले पनि आँट नगर्दा प्रक्रिया अगाडि नबढेको महासचिव पोख्र्रेलले बताए ।
‘
प्रतिक्रिया