अपडेट

करदाता प्रोत्साहन उपहारका विजेता घोषणा, १५ जनालाई १ लाख ३३ हजार र एक जनालाई १० लाख

शुक्रबार, २२ साउन २०८३, १० : २५

काठमाडौं- आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत विजेताहरूको घोषणा गरेको छ।

शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित कार्यक्रममा १ लाख ३३ हजार ३३४ रुपैयाँका १५ जना तथा १० लाख रुपैयाँका एक जना विजेताको घोषणा गरिएको हो।

विभागका अनुसार कुपन नम्बर ००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५८०८६५८८, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३००६७७८५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० भएका १५ जना विजेता बनेका छन्।

विभागले जनाएको छ कि १ लाख ३३ हजार ३३४ रुपैयाँ उपहार जितेका विजेताहरूले प्रचलित कर कट्टा गरेपछि १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। १० लाख रुपैयाँको बम्पर उपहार विजेताको विवरण विभागले छुट्टै सार्वजनिक गर्ने जनाएको छ।

शुक्रबार, २२ साउन २०८३, १० : २५

प्रतिक्रिया