काठमाडौं विश्वविद्यालय : युनिभर्सल चर्च र जर्ज सोरोसको अड्डा

शुक्रबार, २२ साउन २०८३, ११ : ४२

दलाई लामाको फौजले नेपाल जलाएको छ, सोरोसका कर्मचारीहरुलाई तिब्बतको चिन्ता !

दलाई लामाका टिओबी प्रयोग गरी सिंहदरबार आगोमा झोसेर ओलीको कुर्सी फुत्काए जस्तो होईन विदेशीलाई जिस्काउने कुरा। अमेरिका र युरोपलाई जोतिरहेको चीन टिओबी वा दलाई लामाका र्यापे, ट्यापे लठुवाहरुले चलाएको राज्य होईन।

काठमाडौ विश्वविद्यालय स्थापना काल देखि नै द.कोरियाको हतियार तस्कर मुनको ‘युनिभर्सल चर्च’ र कुख्यात अपराधि जर्ज सोरोसको अड्डा हो। यो विश्वविद्यालयका चन्दादाता वा लगानीकर्ताहरुको नाम हेरे सबै कुरा थाहा हुन्छ।

ईण्डो–पश्चिमा साम्राज्यवादीहरुले चीनसंग सिधा जुध्न नसके पछि भाषा, संस्कृती, जनजिवनको अध्ययन बहानामा दलाइ लामाको पक्षमा वातावरण बनाउने कोसिस गर्दै आएका छन्।  

तिब्बत सम्बन्धी कार्यक्रम त्यसैको एउटा हिस्सा थियो। यो कार्यक्रम गर्नका लागि सिआइएको फौजले दलाई लामाको जन्मोत्सव मनाएर चिनियाँ मानसिकता जाँच्ने कोशिश पनि गरेको थियो। काठमाडौ विश्वविद्यालयका सोरोस र मुनका कर्मचारीहरुले नेपालकै भाषा, संस्कृति, जनजिवनका बारेमा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न सक्दैनन् ?

देशका ऐतिहासिक र सांस्कृतिक सम्पदा दलाई लामाका टिओबी हरुले जलाईरहेका छन्, यिनीहरुलाई तिब्बतको चिन्ता !  (प्रस्तुत टिप्पणी लेखकका निजी विचार हुन्।)

शुक्रबार, २२ साउन २०८३, ११ : ४२

प्रतिक्रिया