फाइल फोटो
काठमाडौं- अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू प्रभावित भएका छन्।
सोमबार बिहान ६ः ०० बजेसम्मको विवरण अनुसार विभिन्न प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका हुन्।
कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोकमार्गको बोखिममा बाढीका कारण सडक एकतर्फी सुचारु रहेको छ भने अर्को वैकल्पिक बाटोको समेत व्यवस्था छ। इलामको राजदुवालीस्थित मेची राजमार्गमा अविरल वर्षाका कारण बाटो पूर्ण रूपमा अवरुद्ध छ र त्यहाँ पनि अर्को वैकल्पिक बाटो प्रयोगमा ल्याइएको छ।
बागमती प्रदेशमा पहिरो र बाढीका कारण धेरै सडक प्रभावित भएका छन्। काभ्रेको खुर्कोट(नेपालथोक(कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीलाई ध्यानमा राखी साँझ १८ः०० देखि बिहान ०४ः ०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने बिहान ०४ः०० देखि साँझ १८ः०० बजेसम्म अवस्था विचार गरी सुचारु गरिनेछ।
काभ्रेकै रोशी गाउँपालिका(१ पिन्थली, नार्केमा भने पहिरोका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। कान्तिलोकपथको हेटौँडा(ठिङ्गन(बागमती(ललितपुर खण्डमा बाढी र पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि साँझ १७ः०० देखि बिहान ०५ः०० बजेसम्म रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
प्रतिक्रिया