वायुसेवा निगमको जापानमा उडान थप गर्ने तयारी

सोमबार, २५ साउन २०८३, १० : ०९

 काठमाडौ - नेपाल वायुसेवा निगमले जापानका लागि उडान सेवा थप गर्ने भएको छ । यात्रुहरूको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै उक्त तयारी गरिएको हो ।
निगमले आगामी असोज २ देखि जापानसम्मको नियमित उडान हप्ताको चार पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार गरेको जनाएको छ । नयाँ तालिका अनुसार काठमाडौं–नारिता–काठमाडौं उडान मंगलबार, बिहीबार, शुक्रबार र आइतबार सञ्चालन हुनेछन् । हाल सो उडान हप्तामा तीनवटा सञ्चालन हुँदै आएको छ ।

सोमबार, २५ साउन २०८३, १० : ०९

प्रतिक्रिया