नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी

सोमबार, २५ साउन २०८३, ११ : २५

काठमाडौं- नेपाल माइक्रो इन्स्योरेन्सले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रीय कार्यालय भरतपुर, चितवनसँगै काठमाडौं तथा विभिन्न प्रादेशिक कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले मुख्य मार्केटिङ अधिकृत (सीएमओ), मुख्य वित्तीय अधिकृत (सीएफओ), ५ जना प्रदेश प्रमुख (मार्केटिङ), मार्केटिङ स्टाफ तथा आईटी विभागका लागि सहायक पदमा आवेदन आह्वान गरेको छ ।

सम्बन्धित शैक्षिक योग्यता र बीमा, बैंकिङ वा वित्तीय क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । मार्केटिङ स्टाफका लागि भने भर्खरै स्नातक उत्तीर्ण गरेका उम्मेदवारले पनि आवेदन दिन सक्नेछन् ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको १५ दिनभित्र सीभी, कभर लेटर, फोटो लगायतका कागजात कम्पनीको आधिकारिक इमेल [email protected] मा पठाउनुपर्नेछ । सर्टलिस्टमा परेका उम्मेदवारलाई मात्र छनोट प्रक्रियामा सहभागी गराइने कम्पनीले जनाएको छ ।

nmic

सोमबार, २५ साउन २०८३, ११ : २५

प्रतिक्रिया