समाचार

२० ठूला बहुराष्ट्रिय कम्पनीसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

सोमबार, २५ साउन २०८३, १२ : ०४

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग आज छलफल गर्ने भएका छन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थ मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे छलफल हुने भएको हो ।

छलफलमा बहुराष्ट्रिय कम्पनीलाई बजेटमार्फत उपलब्ध सुविधा, लगानीका क्रममा देखिएका समस्या, लगानी विस्तारको सम्भावना, रोजगारी सिर्जना तथा व्यवसाय विस्तारका विषयमा छलफल हुनेछ । साथै, लगानीबाट प्राप्त प्रतिफल विदेश लैजाँदा आवश्यक सरकारी सहजीकरणबारे पनि सुझाव लिइनेछ ।

अर्थ मन्त्रालयका अनुसार कम्पनीका प्रतिनिधिलाई आफ्ना समस्या, सुझाव र अपेक्षा प्रस्तुत गर्न आग्रह गरिएको छ । सरकारले निजी क्षेत्र तथा लगानीकर्तासँग प्रत्यक्ष संवादमार्फत बजेट कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यले यस्तो छलफल शृङ्खला सञ्चालन गरिरहेको छ ।

सोमबार, २५ साउन २०८३, १२ : ०४

प्रतिक्रिया