काठमाडौं- सेयरबजार सामान्य अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। ९५ करोडभन्दा बढी कित्ता सेयर किनबेच हुँदा उक्त कारोबार रकम कायम भएको हो।
कारोबारमा १३३ वटा सेयरको मूल्य बढेको छ। तीमध्ये केही सेयरको मूल्य अधिकतम १४.९९ प्रतिशतसम्म बढेको छ। यस्तै, १२२ वटा सेयरको मूल्य घटेको छ भने केही सेयरमा अधिकतम १४.९१ प्रतिशतसम्मको गिरावट आएको छ। २० वटा सेयरको मूल्य भने स्थिर रहेको छ।
समूहगत रूपमा वाणिज्य बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा र अन्य समूहका सूचक बढेका छन्। बाँकी समूहका सूचक घटेका छन्।
यस दिनको कारोबारमा सर्वाधिक ४४ करोड रुपैयाँसम्मको कारोबार भएको छ।
प्रतिक्रिया