काठमाडौं - जान्नेलाई छान्ने भन्ने पार्टी रास्वपाका नेताहरु एक पछि अर्को काण्डमा फस्दै गएका समाचारहरु आइरहेका छन् । कोही आर्थिक कमण्ड त कोही सामाजिक दृष्टिले अभद्र व्यवहारका काण्डमा मुछिएका छन् । यस्तै घटनामा एकजना नेता प्रहरीको खोरसम्म पुगेका छन् । सामाजिक सञ्जालमा लेखेको गालीगलौजले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादवलाई प्रहरीसम्म पुर्याएको छ ।
स्थानीय सागर यादवलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको उजुरी परेपछि प्रहरीले उनलाई हिजो साँझ करिब ७ बजे नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सामाजिक सञ्जालमा गरिएको अभद्र व्यवहारसम्बन्धी उजुरीका आधारमा यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।
राजनीतिक बहसदेखि व्यक्तिगत विवादसम्म सामाजिक सञ्जालमै छिनोफानो गर्ने प्रवृत्ति बढिरहेका बेला यादवको ‘अनलाइन अभिव्यक्ति’ प्रहरीसम्म पुगेको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।
प्रतिक्रिया