सर्वोत्तम पेन्ट्सको ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

बुधबार, २७ साउन २०८३, १२ : ५९

काठमाडौं- सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको ३४ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर कारोबार बिहीबारदेखि सुरु हुनेछ। पहिलो कारोबार विशेष प्रि–ओपनिङ सेसनमा हुनेछ भने नेप्सेले प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य रेन्ज तोकेको छ। कम्पनीको शेयर SAPIL संकेतबाट कारोबार हुनेछ।

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि असार २ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ५ हजार ५ सय कित्ता आईपीओ निष्कासन गरेको थियो। कम्पनीले वैशाख २ गते आईपीओ निष्कासनको अनुमति पाएको थियो।

कम्पनीले विभिन्न प्रकारका प्राइमर तथा रङ उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

बुधबार, २७ साउन २०८३, १२ : ५९

प्रतिक्रिया