फ्लेम अवार्डस एशिया २०२६ मा नेपालको शानदार प्रदर्शन

बुधबार, २७ साउन २०८३, १३ : २६

काठमाडौं- नेपालले फ्लेम अवार्डस एशिया २०२६ मा शानदार प्रदर्शन गरेको छ । आउटरीच नेपाल, लेमन र डिजिटल इनले संयुक्त रूपमा कुल १७ अवार्ड जितेका छन् । यसमा १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्ज रहेका छन् ।

७ अगस्टमा नयाँ दिल्लीको ताज भिभान्त, द्वार्कामा आयोजित समारोहमा यी अवार्ड प्रदान गरिएको हो । विभिन्न लिडिङ ग्लोबल तथा डोमेस्टिक ब्राण्डका लागि तयार गरिएका क्रिएटिभ क्याम्पेनले यी अवार्ड जितेका हुन् । 

Rural Marketing Association of India (RMAI)  द्वारा आयोजित फ्लेम अवार्डस एशियाले भारत तथा एशियाका इमर्जिङ मार्केट्समा उत्कृष्ट मार्केटिङ तथा कम्युनिकेसन कार्यलाई सम्मान गर्दै आएको छ । कन्ज्युमर इन्साइट, इनोभेसन, क्रिएटिभिटी, टेक्नोलोजी, कम्युनिटी इन्गेजमेन्ट तथा मेजरेबल इम्प्याक्टमा आधारित उत्कृष्ट कामलाई यहाँ सम्मान गरिन्छ ।

यस वर्षको फ्लेम अवार्डस नेपालका लागि अझ विशेष रह्यो । नेपालका पाँच एजेन्सीले विभिन्न विधामा अवार्ड जितेका छन । आउटरीच, लेमन र डिजिटल इनसँगै स्टर्म कम्युनिकेसन नेपाल र D20 ल्याब्सले पनि अवार्ड जित्न सफल भएका छन् ।

यो उपलब्धि अझ महत्वपुर्ण यस कारण पनि छ कि नेपालले फ्लेम अवार्डस एशियामा नेपाल, भारत लगायत साउथ एशियाका अग्रणी एजेन्सी र संस्थाहरूबीच कडा प्रतिस्पर्धा थियो । यस वर्षको जुरीको नेतृत्व सन्तोष देसाइ, Founder& Director, Think9 Consumer Technologies साथै भारत, बङ्गलादेश, नेपाल, भियतनाम, फिलिपिन्स र श्रीलंका, लगायत विभिन्न देशका ४० भन्दा बढी जुरी सदस्यले एन्ट्रिजको मुल्यांकन गरेका थिए । Ernst & Young  (EY) ले अवार्डसको tabulation partners को रूपमा transparency र accuracy कायम गर्न भुमिका निर्वाह गरेको थियो ।

आउटरीच नेपालका संस्थापक तथा एडभर्टाइजिङ एसोसिएसन अफ नेपाल (AAN) का फस्र्ट भाइस प्रेसिडेन्ट उजय शाक्यले भने,“यो नेपालको लागि गर्वको क्षण हो । हाम्रो मार्केटिङ कम्युनिकेसन्स उद्योगमा रहेको प्रतिभा, क्रिएटिभिटी र महत्वाकांक्षाको राम्रो पहिचान हो । यो उपलब्धि हाम्रो टिम, आइडियाजलाई विश्वास गर्ने विज्ञापनदाता तथा पार्टनरको सामुहिक प्रयास हो ।”

फ्लेम अवार्डस एशियामा नेपालको यो प्रदर्शनले नेपाली क्रिएटिभ, डिजिटल, इभेन्ट र एक्टिभेसन एजेन्सीहरूले रिजनल प्लेटफर्ममा आफ्नो कामलाई प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गर्न सक्ने क्षमता देखाएको छ साथै, नेपालको नयाँ पुस्ताका क्रिएटिभ तथा मार्केटिङ प्रोफेसनलहरूमा रहेको प्रतिभा र सम्भावनालाई पनि यसले उजागर गरेको छ । १७ अवार्ड, १३ गोल्ड, ३ सिल्भर, १ ब्रोन्ज, नेपालको मार्केटिङ कम्युनिकेसन्स उद्योगका लागि गर्वको क्षण, फ्लेम अवार्डस एशिया २०२६ मा नेपालको शानदार प्रदर्शन नेपालले फ्लेम अवार्डस एशिया २०२६ मा शानदार प्रदर्शन गरेको छ । 

आउटरीच नेपाल, लेमन र डिजिटल इनले संयुक्त रूपमा कुल १७ अवार्ड जितेका छन् । यसमा १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्ज रहेका छन् । ७ अगस्टमा नयाँ दिल्लीको ताज भिभान्त, द्वार्कामा आयोजित समारोहमा यी अवार्ड प्रदान गरिएको हो । 

विभिन्न लिडिङ ग्लोबल तथा डोमेस्टिक ब्राण्डका लागि तयार गरिएका क्रिएटिभ क्याम्पेनले यी अवार्ड जितेका हुन् । Rural Marketing Association of India (RMAI) द्वारा आयोजित फ्लेम अवार्डस एशियाले भारत तथा एशियाका इमर्जिङ मार्केट्समा उत्कृष्ट मार्केटिङ तथा कम्युनिकेसन कार्यलाई सम्मान गर्दै आएको छ । कन्ज्युमर इन्साइट, इनोभेसन, क्रिएटिभिटी, टेक्नोलोजी, कम्युनिटी इन्गेजमेन्ट तथा मेजरेबल इम्प्याक्टमा आधारित उत्कृष्ट कामलाई यहाँ सम्मान गरिन्छ ।

यस वर्षको फ्लेम अवार्डस नेपालका लागि अझ विशेष रह्यो । नेपालका पाँच एजेन्सीले विभिन्न विधामा अवार्ड जितेका छन् । आउटरीच, लेमन र डिजिटल इनसँगै स्टर्म कम्युनिकेसन नेपाल र D20 ल्याब्सले पनि अवार्ड जित्न सफल भएका छन् ।

फ्लेम अवार्डस एशियामा नेपालको यो प्रदर्शनले नेपाली क्रिएटिभ, डिजिटल र एक्टिभेसन एजेन्सीहरूले रिजनल प्लेटफर्ममा आफ्नो कामलाई प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गर्न सक्ने क्षमता देखाएको छ साथै, नेपालको नयाँ पुस्ताका क्रिएटिभ तथा मार्केटिङ प्रोफेसनलहरूमा रहेको प्रतिभा र सम्भावनालाई पनि यसले उजागर गरेको छ । १७ अवार्ड, १३ गोल्ड, ३ सिल्भर, १ ब्रोन्ज, नेपालको मार्केटिङ कम्युनिकेसन्स उद्योगका लागि गर्वको क्षण हो ।
 

बुधबार, २७ साउन २०८३, १३ : २६

प्रतिक्रिया