काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि स्वदेश फर्किएका छन्।
गत फागुनको दोस्रो साता निर्वाचनको मुखमा उपचारका लागि बैंकक गएका देउवा त्यसपछि हङकङ पुगेका थिए। लामो समय विदेशमा रहेका उनी आज काठमाडौं आइपुगेका हुन्।
देउवा स्वदेश फर्किएसँगै उनको स्वागतका लागि कांग्रेस संस्थापन इतरका नेता तथा कार्यकर्ताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको थियो।
स्वागतका लागि विमानस्थल पुगेका कार्यकर्ताले देउवाको समर्थनमा नाराबाजीसमेत गरेका थिए। देउवा फर्किएसँगै कांग्रेसको आन्तरिक राजनीति पेचिलो हुने संकेत देखिएको छ ।
प्रतिक्रिया