लहरे आँपको महत्व र सरकारलाई सुझाव

शुक्रबार, २९ साउन २०८३, ११ : ०८

१) पृष्ठभूमि
आज मेरो डाईरीको पन्नाबाट लिएको लेखमा मेरोे घरबारी (Kitchen Garden) मा भएका बोटविरुवाहरु मध्ये “लहरे आँप” (Passion Fruit) सम्बन्धी संक्षिप्त जानकारी गराउन चाहन्छु । म समाजशास्त्री तथा सुशासन विज्ञ भएको नाताले समाजमा भैइरहेका प्रत्येक गतिविधिहरु बारे समयमा अद्यावधिक (Update)गर्न चाहन्छु । देशमा भैइरहेको नकारात्मक तथा सकारात्मक सोचकोे निचोड निकालेकोले सकारात्मक परिर्वतन तथा विकासको पहल सबै क्षेत्रबाट हुनुपर्छ भन्ने भनाई मेरो पनि छ ।

युवाहरुको सरकारले नयाँ सोच, नयाँ बिचार, नयाँ परिर्वतन र नयाँ विकासको अबधारणाले देशमा समृद्धि ल्याउला भन्ने बिचार थियो तर त्यस्तो हुन सकिरहेको छैन् । नेपाल सरकारले यो सुझावको रुपमा लिई मौलाएको बेरोजगारलाई हरितकृषि क्रान्तीले समाधान गर्न सक्दिछ भन्ने कुरामा हेक्का रहौस् । समाजमा नयाँ परिर्वतन र विकासको माध्यमबाट जनचेतना अभिवृद्धि गराउन पर्छ यो सत्य हो । मेरो डायरीको पानाबाट विभिन्न प्रकाशनका लेखरचना र अनुसन्धानहरुले स्थानीय समुदायमा जनचेतना अभिवृद्धि भएको देखिन्छ र साथै विभिन्न कोशेलीहरुले समुदायमा सकारात्मक परिवर्तन भएको देखिन्छ । अब म आजको मुख्य बिषयमा प्रवेश गर्दछु । त्यो हो “लहरे आँप” यो फल नेपालकोलागि नयाँ हो र यस फलकोे माग नेपाली बजारमा बढी छ ।

मेरो छोटोे अनुसन्धानको प्रतिवेदनले नयाँ जानकारी लिएर आएकोछ । उदाहरुणको रुपमा म एक घटनाको उल्लेख गर्न चाहन्छु । त्यो हो मेरो घरका छिमेकीहरुले बगैचामा भएको सबै लहराहरु माँस्दै फाल्ने प्रकृर्या तिर लागेको घटना देखि छक परेकोे थिए । आफनो बारीमा भएका सबै लहरे आँपका लहरा क्रमबद्ध माँस्दै जाँदा मेरो मनमा दुःख लागेको थियो । मलाई त्यस लहरा सम्बन्धी केही थाहाँ थिएन् र म जान्न चाहेको थिएँ । तर साँच्चिकै भन्ने हो भने त्यस फल सम्बन्धी मलाई पनि केही ज्ञान थिएन् । तर एकपटक मैले सोचेको थिए की अब यस फल सम्बन्धी राम्रो अध्ययन गर्नेछु  भनि मनमा अटोट लिएर बसेको थिएँ । साथै मैले मेरा परिवारका सदस्यहरुलाई भनेको थिएँकी यी सबै लहरा नकाटनु र नमाँस्नु होला । त्यसपछि अध्ययन र खोजनीतिको दौडमा लागेको थिएँ । त्यसपछि मात्र जे गरौला भनि त्यस फलको बारेमा व्यापक अध्ययन गर्दै जादाँ नयाँ जानकारी पाउने मौका पाएँ ।

मेरा बगैंचामा भएको सबै लहराहरुलाई अध्ययनको दौरान राम्रो जलमल गरी हुर्काउने काम भयो । अध्ययन पश्चात त्यसको नाम रहेछ “लहरे आँप” नेपालमा यसलाई लहरामा फलने भएकोले लहरे आँपको नामाकरण गरेको रहेछ । अन्य देशहरुमा यसको नाम विभिन्न प्रकारले उल्लेख गरेको पाईनथ््यो । यस फलको टेस्ट र स्वाद लिनेहो भने अति मिठो र स्वादीलो छ । आखरिमा त्यो फल त अति फाईदाजनक रहेछ भनि सबैले जानकारी पायो । अहिले त्यसको अर्थ र फाईदाहरु सम्बन्धी जानकारी पाउँदा सबैलाई माँसेको पछुतो परेकोछ । यस फलको बारेमा बुझदाँ नेपाली बजारमा पनि निकै मागछ । त्यसैले कुनै पनि चिज नष्ट गर्नुभन्दा पहिले त्यसको बारेमा राम्ररी जानकारी लिन पर्दछ भने कुरा यस उदाहरणले बताएको छ ।

२) लहरे आँपको संक्षिप्त परिचय

अब म लहरे आँपको संक्षिप्त परिचयको इतिहासमा उल्लेख गर्दछु । लहरे आँपलाई विदेशमा प्यासन फ्रुट (Passion Fruit) को रुपमा चिनिन्छ भने एसियाका धेरै देशहरुमा विभिन्न नामले चिनियको छ । नेपालमा यस फललाई लहरामा फलको कारणले लहरे आँप भनिएको हो । भारतमा यस फललाई श्रीकृष्ण भगवानले रुचाउने भएकाले यस फललाई कृष्ण फल भनिन्छ । अन्य एसियाका धेरैजसो देशहरुमा यसै प्रकारले विभिन्न नामले चिनिने यो फल स्वास्थ्यका लागि अति राम्रो मानिएकोछ । यो फलको जन्म पहिलो पटक ब्राजिल तथा दक्षिण अमेरिकामा भएको इतिहास छ । साधारणतया यो फल अमेरिका, अष्ट्रेलिया, एसिया र अफ्रिका देशहरुमा पाईन्छ । विश्वका धेरै देशहरुमा यस फलको खेती गर्दै आइरहेकोमा यस फलको महत्वता विश्वमा बढीनै छ । यो फल २०औं शताब्दीमा दक्षिणी भारतको कर्नाटका, निलगिरीस, कुर्ग र मालाबार भन्ने ठाउँहरुमा पहिलो पटक खेतीको रुपमा गरेको देखिन्छ । यस फलको जती माग छ बजारमा त्यती पूर्ती गर्न सकेको पाइदैन् । यो फल फाइदाजनक भए पनि मानिसले यसको अर्थ बुझेको देखिदैन् । यस फलको विरुवा र फल समेतको प्रस्तुती तल गरिएको छ ।

Lahare Aap

यस फलको स्थानान्तरण ब्राजिलबाट हुदै श्रीलंका, इन्डोनेशिया र भारतबाट हुँदै अहिले यो फल नेपालमा आई पुगेको छ । नेपाल देशका लागि यो फल नयाँ फलको रुपमा देखिएको छ । यस फलको फाईदा तथा बेफाईदा दुबै सम्बन्धी राम्रो जानकारी कुनै व्यक्ति, परिवार र समाजमा भएको छैन् । यो फल व्यवसायिक दृष्टिकोणले बढी फाईदाजनक भएको देखिन्छ । हाल यसको खेतीको रुपमा नुवाकोट, रामेछाप र काठकाण्डौ उपत्यककामा किचन गार्डेनमा गरेको पाईन्छ र व्यवसायिक रुपमा अघि बढाएको देखिदैन् । यस फलको खेतीले बेरोजगारीलाई स्वरोजगारमा परिवर्तन गर्न सकिन्छ । त्यसैले हाम्रो देशमा भएको खाली तथा नाङ्गा डाँडाकाँडाहरुमा हरितकृषि विकास गर्न सकिन्छ र यसबाट फाईदा लिन सकिन्छ । 

यसको खेतीमा बजेट कम लगाने र यसलाई सानो बगैचामा पनि फलाउन सकिन्छ । यस प्रकारका योजनाहरुलाई नेपाल सरकारले पनि आफनो बजेटमा राखी कार्यक्रम अगाडी बढाउन पर्ने थियो तर बजेटमा राखेको देखिदैन् । लहरे आँपका लहरा एउटै भएता पनि फल भनेको तीन रंगको हुन्छ । जसमध्ये पहिलो, भेन्टा र खरौरातो गरि तीन प्रकारको रंगमा फल लाग्ने गर्दछ र स्वाद भनेको सबैको एकै प्रकारको हुन्छ । तिनै फलको भित्रिभाग पनि देखाउदा एकै प्रकारको देखिन्छ । यसको भित्रि फल चम्चाका सहयोगले खान सकिन्छ । अन्य देशमा यस फलको जुस बनाएर पनि पिउने तथा विक्रि गरेको पाईन्छ । कसैले यस फललाई अचार बनाउनेमा प्रयोग गरेको पाईन्छ । यसको स्वाद उही पाकेको अाँप तथा धेरै गुलियोे सुंन्तोला जस्तो हुन्छ । एकचोटी खाईसकेपछि खाउँ खाँउ जस्तो लाग्ने भएकोले यस फलको माग विश्व भरिनैछ । बिदेशमा पनि यसको उत्पादन कमछ र त्यहाँ पनि यसको माग बढीछ । हाल नेपालको बजारमा माग बढीछ र यस फलको मूल्य प्रति किलो १२ सयसम्म छ । तर भनेको बेला सबै ठाउँमा पाईदैन् ।  

lahare aap 2

यस फलको बारे हामीले सबै नेपाली समाजमा जानकारी दियौ भने यसले राम्रो फाईदा दिनेछ । अँग्रेजीमा विश्वभर यस फललाई प्यासन फ्रुट “Vine Mango” को रुपमा चिनिने गरेकोछ । तर एसियाली देशहरुमा यसको परिचय जताततै भएको पाईन्छ । यो फल लहरामा फल्ने भएकोले होला यस फललाई लहरे आँप “Vine Mango”  पनि भनेको पाईन्छ । यसको नाम आँप भए पनि यो फल आँप भन्दा फरक आकारको हुन्छ र स्वाद पनि अलि फरक पाईन्छ । धेरै मानिसले यस फललाई एक पटक चाखि सकेपछि धेरै मंन पराउने गर्दछन् । फेरी फेरी खाने ईच्छा राख्दछन् । लहरे आँप अर्थात प्यासन फ्रुट नेपालीको लागि अहिले पनि नयाँ नै फलको रुपमा परिचित छ । यो फल अति राम्रो र नेपालको लागि फाईदाजनक भएकोले यसको विकास नेपालमा गर्नु पर्दछ र सबै खाने व्यक्ति आफनो जिब्रो स्वादले पटकाउने गर्दछन् ।

यो फल स्वास्थ्यको लागि धेरैनी फाईदायजनक देखिकोछ । विदेशी बजारमा अग्र्यानिक फलको रुपमा चिनिने भउकोले यस फललाई औषधिको रुपमा पनि प्रयोग गरेको पाईन्छ । त्यसैले होला बिदेशी बजारमा यसकोे माग बढी भएको पाईन्छ । लहरे आँप पहेलो, गोल्डन र भेन्टा रंङ्गको हुने गर्दछ । यस फलको माग नेपाली बजारमा पनि दिनप्रतिदिन बढदै गैइरहेको छ । त्यसकारण हाम्रा देशका सबै व्यक्ति, परिवार र समाजलाई यस फलको उत्पदानमा लगाउन पर्दछ । नेपाली समाजमा मंनचाहीे आम्दानी आयआर्जन गर्न पनि सकिन्छ ।

यस फलको उत्पादनले प्रत्येक घरपरिवार तथा समाजमा समृद्धि ल्याउने काम हुनेछ । नेपाल देशमा मौलाएको बेरोजगारी कम गर्दै लैजाने हो भने यस्ता विकासका काम अगाडी बढाउन पर्दछ । यो मेरो सुझाव नेपाल सरकारलाई रहीरहने छ । नेपालमा एककिृत लहरे आँपको कृषिर्फाम दर्ता गराई व्यवसायिक र्फामको रुपमा स्थापना गरी राम्रो आम्दानी आर्जन गर्नका लागि योजना अगाडी बढाउन सकिन्छ । रहरलाग्दो खेतीको रुपमा विकास गर्नु पर्दछ । 

३) लहरे आँपको वैज्ञानी प्रविधि सम्बन्धी जानकारी 

यसको फाईदा साधारण आँप भन्दा बढी भएकोले यसको फाईदा बढी लिन सकिन्छ । वैज्ञानिक रुपमा यसलाई बढी प्रयोगमा ल्याउन प्रविधि पनिछ । हाल यसको विक्रि प्रति किलो रु १२ सयसम्म पुगेको नेपाली बजारमानै छ । त्यसैले नेपालका सबै नाङ्गा डाँडाकाडाँहरुमा यस फलको एकिकृत खेतीको रुपमा विकास गरी अगाडी बढाउने हो भने मनचाहे आर्थिक आर्जन गर्न सकिन्छ । नेपाल सरकारले चाहेमा यो फलको खेतीको प्रबन्र्धन तथा विकास आधुनिक खेतीको रुपमा गर्न सक्ने बढी सम्भावना छ र यसले बेरोजगारीलाई स्वरोजगारीमा परिर्वतन गर्न सकिन्छ । 

विश्व बजारमा यस फलको मागभए अनुसार निर्यात छिटै गर्न सकिन्छ । यस फलले आर्थिक स्थिति मजबुत बनाउनका साथै बलियो पनि बनाउने छ । वैज्ञानिक हिसाबले भन्ने हो भने यस लहरे आँपपको फूल एकदमै सुन्दर र आकर्षित हुने हुँदा स्पेनिसहरुले यसलाई “Passion Fruit”  भनेर नामाकरण राखेको पाईन्छ । यो फल सदाबहार, बहुबर्षे र लहरामा फल्ने फलको कारणले धेरै फाईदाजनक गुणहरु भएको फल हो । वैज्ञानिक हिसाबले भनने हो भने एउटा फलमा १८ ग्रामको तौल भएको लहरे आँपमा ९७ प्रतिशत क्यालोरीको शक्ति पाईन्छ भने २३ प्रतिशत कार्बोहाइड्रेट, १० प्रतिशत फाईबर, २ प्रतिशत प्रोटिन र ०.०६ प्रतिशत फ्याट पाईन्छ । भिटामिन ए, सोडियम, म्याग्नेसियम, सल्फर र क्लोराइड भाग पनि यस फलमा हुन्छ । फाईबरको मात्रा बढी हुने भएकोले यसमा क्यान्सर प्रतिरोधी क्षमता बढी भएकोले यस फललाई क्यान्सरको बिरामीले खोजी खोजी खाने चलन पनि छ । उदाहरणको रुपमा भन्ने हो भने हाल लहरे आँपको व्यवसायिक रुपमा खेती गर्ने देशहरुमा अष्ट्रेलिया, न्युजिल्याण्ड, केन्या, युगान्डा, रुवाण्डा, भारत, श्रिलंका, हालसालै न्यूनमा नेपालमा पनि शुरुवात भएकोछ । 

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा, ह्वाई र क्यालिफोर्नियामा यस फलको माग बढी छ । यस फलको उत्पादन फूल फुलेको करिब ८० दिनभित्र फल टिप्नको लागि तयार हुन्छ । यस फललाई रोपेको करिब ९ महिनाभित्र विरुवा परिपक्व भैइ हुर्किदै जादा फल लाग्ने गर्दछ । उपयुक्त मात्रामा सिंचाईको उपलब्धता नभएको ठाउँमा पनि यो विरुवाको लहराले बर्षमा ४ पटकसम्म उत्पादन दिन सक्दछ । छिमेकी राष्ट्र भारतको मनिपुर, नागाल्याण्ड र मिजोरम राज्यमा समेत यसको व्यवसायिक खेतीको रुपमा गरेको देखिन्छ । ब्राजिलमा यसको व्यवसायिक खेतीले गर्दा ठूलो परिमाणमा रस निकाल्ने र प्रशोधन गरी उद्योगहरुमा प्याकजिङ्ग गरेको पाईन्छ । विदेशमा समेत निर्यात हुन सक्ने भएकोले यस फलको खेती नेपालमा पनि आवश्यकता छ र फाईदा पनि छिटै लिन सकिन्छ । 

नेपालमा भन्ने हो भने हालसम्म यसको व्यवसायिक खेती गरेका कतै पनि देखिदैन् । साधारणतया यो फललाई ताजाफलको वा ँचभकज ँचगष्तक को रुपमा लिएको छ । यसको जुस पौष्टिक तत्व, खनिज पदार्थ र औषधियुक्त गुण भएकोले अन्य प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ । यो फल साना साना कृषकहरुको लागि बढी लाभदायक छ । नेपालमा आम्दानीको उपयुक्त श्रोत हुने भएकोले यो फल सुनिश्चित रुपमा मूल्यवान र नगद खेतीको रुपमा विकास गर्न सकिन्छ । त्यसका साथै किृषकहरुको चेतनाको अभिवृद्धि पनि गर्न सकिन्छ । साना तथा मझौला कृषकहरुको आयआर्जनका लागि मुख्य श्रोतको रुपमा देखिने छ । आयआर्जन वृद्धिले गरिबी निवारणमा महत्वपूर्ण योगदान गर्ने छ । फलफूलहरु मध्ये लहरे आँप बहुगुण भएको फल हुनाले स्थानीय र बिश्व बजारमा यसको माग बढीछ । यो फल प्रायजसो मध्य तथा मझौला पहाड र काठमाण्डौ उपत्यकाभित्रमा पनि उत्पादन गर्न सकिन्छ । लहरे आँपमा एन्टि अक्सिड्यान्ट तत्व पाईने भएकाले रिस उठने काम कम गर्दछ । साथै मुटुलाई पनि स्वास्थ्य राख्ने र विभिन्न रोगहरु सँग लड्ने क्षमता बढी भएकोले यसको आवश्यकता बढी भएको पाईन्छ । चुरे क्षेत्रमा पनि यसको उत्पदान गर्न सकिन्छ । यस फलको वैज्ञानिक हिसाबले भन्दा ५१ प्रतिशत बोक्रा, ३६ प्रतिशत रस र ११ प्रतिशत बिउले ढाकेको हुन्छ । यो सामान्यतया १२ सयदेखि २ हजार मिटरको उच्चाईमा फल्ने फल हो । माटोको पीएच ६ देखि ७ सम्म उपयुक्त हुन्छ र १८ देखि ३० डिग्री सेल्सियस तापक्रममा यसको लागि उपयुक्त मौसम मानिन्छ । त्यस्तै बार्षिक ९ सयदेखि २ हजार मिलिमिटरसम्म बर्षा हुने ठाँउमा पनि यो फल लगाउन सकिन्छ । 

यो फल दैनिक सरदर ५ देखि ७ घन्टासम्म घाम लाग्ने ठाँउमा पनि फल सक्दछ । यसलाई लहरा काटेर पनि रोप्न सकिन्छ । नत्र फलभित्र पाइने विउबाट पनि विरुवा उमारेर पनि खेती गर्न सकिन्छ । यसका लागि विरुवा रोप्नुभन्दा करिब एक महिना अधिनै खाल्डो तयारपारी मल हाल्नु पर्दछ । आधा मिटर गहिरो र आधा मिटर फराकिलो खाल्डोमा १० केजीसम्म पाकेको मल हालेर खाल्डो तयार पार्दा यो विरुवा छिटै हुर्किने चान्स हुन्छ । यस फलको वैज्ञानिक फाईदा सबैको लागि राम्रो छ । 

४) लहरे आँपको खेती प्रविधि सम्बन्धी जानकारी
लहरे आँप बहुगुण भएको फल हो । यो फल रोप्दा एक विरुवादेखि अर्कोको विरुवा बीचको दूरी २ मिटरसम्म हुनु पर्दछ । साथै एक लहरादेखि अर्को लहराको बिचको दूरी ३ मिटरसम्म हुनु पर्दछ । यसलाई कमसे कम साढे २ मिटर अग्लो थाँक्रो हाल्नु पर्दछ । यसको फल्ने आयू ३ बर्षको हुन्छ । त्यसपछि माँस्नु पर्छ नत्र राम्रो फल लाग्दैन् । यो फल राम्रो हुँदा प्रति लहरा ७५ केजीसम्म फल लाग्ने तथ्याङ्क दिन्छ । मैले सुनेकोमा एक हेक्टरमा १६ सय ६७ वटा विरुवा रोप्न सकिन्छ । प्रति हेक्टर १५ देखि २० टनसम्म फल फलाउन सकिन्छ । थोरै जमिनमा अथवा एक रोपनीमा १०० सय २६ वटा विरुवा लगाउन सकिन्छ । 

लहरे आँपमा फूल फूलेको २० दिनभित्र फललाग्ने वा फलको पूर्ण आकार देखिने हुन्छ । उतm अवधिसम्म फलको तौल पनि चाँडो दरमा बढने गर्दछ । त्यसपछि बिस्तारै परिपक्व हुँदै जाने गर्दछ र फूल फूलेको ३० दिनभित्रमा फलमा रसको मात्रा बढदै गरेको पाइन्छ । साथै ६० दिनभित्र फलको भित्रिरङ्ग पहेलोबाट क्रमशः सुन्तला रङ्गमा परिर्वतन हुन्छ । यस फलको फूल फूलेको दिनदेखि ७० दिनसम्म फलको बाहिरी बोक्राको रङ्ग हरियो नै रहन्छ । फूल फूलेको ९० दिन पशचातमात्र फल पूर्ण रुपमा पाक्न थालेको हुन्छ र हरियो रङ्गबाट पहेलोमा परिवर्तन हुन्छ । यो फल पाकी सकेपछि लहराबाट आफै छुट्टिन थाल्छ र तब फल राम्रोसंग पाके हुन्छ र लहराबाट आफै छुट्टिन थाल्छ । त्यसपछि मात्र फल पूर्ण रुपमा पाकेको थाहाँ पाउदछ । यसरी पाकेको फललाई दिउँसोको घामको प्रतिकूल असर पर्ने भएकाले बिहानको समयमा फललाई विरुवाबाट टिप्न सकिन्छ । 

५) लहरे आँपको फाईदाहरु

-लहरे आँपको नियमित सेबनले क्यान्सर र मुटु सम्बन्धी रोगलाई निको पार्दछ र रोगको रोकथाम गर्ने गर्दछ ।
-यो फल मस्तिकको लागि बढी उपयोगी हुन्छ र यस फलले हड्डी र दाँत समेत बलियो बनाउनु छ ।
-यस फलले गर्भवती महिलाका लागि उपयोगी हुन्छ । बढी वजन तथा प्रेशर क मगर्न सक्दछ ।
-यसको बाहरिब्रोक्राले अनुहारको छाला मुलायम तथा बलियो बनाउदछ । 
-मधमेहका रोगीका लागि यो फल अमृत सरह हुन्छ र उच्च रक्तचापलाई नियन्त्रणमा ल्याउछ । 
-यदि तपाइले सर्जरी वा अप्रेसनको गरेकोछ भने त्यस बेला डाकटरको सल्लाह अनुसार सेवन गर्न सकिन्छ ।
-यस फलको बाहरि बोक्रा सुकाई चुर्ण बनाई अनुहारमा लेप लगाउदा कालो पोतो, दाँग र खटेरा हराउदछ ।
-तल प्रस्तुत गरेका फलका बाहरि ब्रोक्राको फाईदाहरु देखाए बमोजिम प्रयोगमा ल्याउन सकिन्छ ।

lahare aap 3

६) लहरे आँपको विश्वभर माग र निर्यात हुनसक्ने जानकारी

लहरे आँप सेवन गर्दा रसिलो र मिठो भएकाले समाजमा सबै जनाले स्वादलिइ सेवन गरेको पाईन्छ । यस फलको बयान गर्दा जति गरे पनि गर्न पुग्दैन् । नेपालको लागि यो फल नयाँ भएकोले सबै जनालाई यस फल सम्बन्धी जानकारी छैन् । यस फलको महत्व र फाईदा सम्बन्धी पनि जानकारी छैन् । यो फल विभिन्न औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यस फलमा बहुगुण भएकोले यस को माग स्थानीय र विश्व बजारमा उतीकै छ । नेपालमा भरखरै यस फलको परिचय भएकोले यस फललाई सबैले चिन्ने मौका पाएकाछैन् । यस फलको भित्रि र बाहरि भाग दुईटैको बारेमा प्रष्ट पारिएको छ । 

माथिको ब्याख्यामा फाईदा प्रस्तुत गरिएको छ र त्यहाँबाट थाहाँ पाईन्छ । यो फल कतिको उपयोगी छ भन्ने कुरा यस फलको मागले देखाउछ । यो फलको उत्पादन बढयो भएकोलेपनि  नेपालमा आवश्यक छ र नेपालको उत्पादनले विश्वमा चिनिने मौका पाउने छ । यो फल लामो समयसम्म राख्न पनि सकिन्छ र विदेशमा सजिलै सँग पु¥याउन पनि सकिन्छ । यो फल अमेरिका, अष्ट्रेलिया, एसिया र अफ्रिका देशहरुमा निर्यात गर्न सकिन्छ । नेपालले विदेशमा निर्यात गर्ने उत्पादन भनेको यो मात्र देखिन्छ । यस फलले छिटै आर्थिक आयश्रोतको बाटो खल्नेछ । मेरो तर्फबाट नेपाल सरकारलाई सुझाव छ र यसमा सरकारको ध्यान जाओस् ।

७) अन्त्यमा निष्कर्ष 
अन्त्यमा यस फलको महत्वपूर्ण भूमिका नेपालको खेतीमा हुनेछ । यो फल पहाड, हिमाल तथा तराईमा उत्पादन गर्न सकिन्छ । लहरे आँपको माग अनुसार नेपालको बजारमा पनि बढी छ तर पूर्ती गर्न सकिएको छैन् र यस फललाई औषधिको रुपमा लिन सकिन्छ । त्यसकारण यसको महत्व जताततै छ र यसको खपत स्थानीय बजारमा हुने सम्भावना बढीछ । यस फलको बढी उत्पादन भएमा नेपालले विश्वका देशहरु जस्तै अमेरिका, अस्टे«लिया, केनेडा, युरोप र एशियामा तुरन्त निर्यतनका साथै पहिचान बनाउन सक्दछ । नेपालको आर्थिक आयआर्जनमा पनि बढी सहयोग गर्न सक्नेछ । 

यस फलको ब्रोक्रा बाक्लो भएकोले बढी चिसान गर्ने ठाउँ पनि चाहिदैन् । नेपालको बेरोजगारी समस्या पनि हल गर्न सकिन्छ । बिदेशिएका युवाहरुलाई नेपालमा फिर्ता बोलाउन सकिन्छ । आधुनिक कृषिको विकासका साथै कृषि पर्यटन पनि विकास सँग सँगै गर्न सकिन्छ । मेरो बिचारले सोचेको थियो आ.ब.२०८३।८४को बजेटमा यस्ता प्रकारका योजनाहरुले प्रवेश पाउला भनने थियो र छिटो नेपाललाई सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ही भनी सोचको थिएँ । तर सरकारले त्यस्तो बजेट नल्याई उही पुरानो बजेट जस्तो प्रस्तुत गरियो । नेपाली जनतालाई छिटो विकास र नयाँ परिवर्तन चाहिएकोले नेपाली जनताले युवाहरुलाई जिम्मेवारी दिएर पठाएको थियो तर आज यति समय बितेर जाँदा पनि एक ब्रान्डीङ्गको रुपमा हालसम्म कुनै सरकारले नगरेको विकास यस सरकारले नयाँ गरेर देखाएको खोई । 

अन्त्यमा, नेपाल सरकारले संध, प्रदेश र स्थानीय स्तरमा व्यापक रुपमा यस प्रकारको हरित क्रान्ती गरी देशलाई नयाँ विकासको योजनामा अगाडी बढनु पर्ने देखिन्छ । त्यस्तो विचारको लागि सहयोग चाहेमा हामी छौ । यो सरकारले पनि उही पुरानै सरकारले गरेको जस्तो प्रकृर्या गरेमा नेपाली जनता खुसी हुनेछैन् । मैले त सोचे थिए की यो युवाको सरकारले पुरानो सोचलाई बिर्सेर नयाँ सोच अनुसारले अगाडी बढने छ सोचेको थिए तर विज्ञहरुको जमघट नगराएले होला की नयाँ सोचले प्रवेश पाएन् । यदि सरकारलाई सहयोग चाहेमा सामुदायिक विकास कार्यक्रम नेपाल (Community Development Programme Nepal)अथवा छोकरीमा CDP Nepal संस्थामा हाजिर छ । यस संस्थामा विभिन्न विज्ञहरुको समूह छ । सम्र्पक को लागि [email protected]  र www.cdpnepal.org.np हो । मेरो सुझाव नेपाल सरकारको मन्त्रमिण्डललाई नयाँ प्रकारको प्रविधि लागु गरी सञ्चालन गर्न हुन अनुरोध गर्दछ । (लेखक डा.सिंह, समाजशास्त्र तथा सुशासनका विज्ञ र हार्ट क्लब नेपाल ललितपुर जिल्लाका सभापति हुन)  
 

 

शुक्रबार, २९ साउन २०८३, ११ : ०८

प्रतिक्रिया