अपडेट

सेयरबजार दोहोरो अंकले घट्यो, नेप्से २६३९ अंकमा झर्‍यो

शुक्रबार, २९ साउन २०८३, १५ : १६

काठमाडौं- साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयरबजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ११.४८ अंकले घटेर २६३९.७३ अंकमा झरेको छ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक बढेको छ भने ९ उपसमूहको सूचक घटेको छ।

शुक्रबार एग्रीकल्चर बण्ड (९ वर्षे) सबैभन्दा धेरै कारोबार भएको छ। उक्त बण्डको ७० करोड ८७ लाख ९९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यी दुवै कम्पनीको सेयरमूल्य क्रमशः १५ प्रतिशत र १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

कुल ३४३ कम्पनीका ९० लाख ५७ हजार ९९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब १ करोड ३१ लाख ८० हजार रुपैयाँभन्दा बढी पुगेको छ।

शुक्रबार, २९ साउन २०८३, १५ : १६

प्रतिक्रिया