काठमाडौं - अत्यन्त छोटो समयमा राष्ट्रिय राजनीतिको शीर्षस्थानमा पुग्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति आम मानिसको धारणा मिश्रित खालको पाइन्थ्यो । उनको बिगतको पृष्ठभूमि, उनका सहकर्मीहरुका आलाकाँचा अभिव्यक्ति र क्रियाकलाप आदि कारणले रविको नेतृत्वप्रति शंकाको दृष्टिकोण नै थियो । तर पछिल्लो समय उनले आफूलाई परिपक्व नेताको रुपमा प्रस्तुत गरेको देखिन्छ । यद्यपी प्रधानमन्त्री बालेन आफ्नै तरिकाले चलेका छन् । यसमा रवि प्रसन्न छैनन् । सरकार सञ्चालनमा उनले पूर्णरुपमा लगाम लगाउन नसके पनि प्रयास र पहलकदमी भने प्रयाप्त देखिन्छ । उनले पार्टीको एउटा कार्यक्रममा पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
निश्चित रुपमा यतिबेला रास्वपा अरुलाई दोष दिएर उम्किने ठाउँमा छैन । हिंजो प्रतिपक्षमा रहँदा जसरी बोल्दा पनि हुन्थ्यो । जिम्मेवारी लिनु पर्दैन्थ्यो । आज रास्वपा दुई तिहाई बहुमतसहित सरकारका छ । फेरि पनि ३५ वर्षको कुरा गरेर पुराना दललाई दोष लगाउनु आफ्नो असक्षमता लुकाउने काम मात्र हो । यो कसुरा लामिछानेले महसुश गरेका छन् । उनी भन्छन्, ‘विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको अवस्था छ । विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुस् । ’
उनले भने, ‘हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरू थिए । कयौँ नेताहरू पनि थिए । जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन सक्थ्यौँ । आज कसलाई दोष देखाउने ? अब हामीले दोष देखाउने कुनै कुरा छैन । अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो । ३५ वर्षको योजना ल्याउनुहोस् । अब बितेको ३५ वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ । जति सके गरे धन्यावाद । तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ नि ।’ उनले ३५ वर्षमा पुराना राजनीतिक दलहरुले गरेका सकारातमक कामहरुप्रति धन्यावाद दिनुपर्ने बताए ।
अहिले पनि मानिसहरु रविको नेतृत्वप्रति नै आशावादी रहेका छन् । उनले समाज र राजनीति बुझेका छन् । पत्रकारिताको अनुभव र राजनीतिमै पनि अनुभव प्राप्त गरिसकेका रविले नै अब मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने आम धारणा बन्न थालेको पाइन्छ । प्रधानमन्त्री बालेन निर्वाचनको बेला आकर्षणको केन्द्र बने पनि राजनीतिमा उनको सीप र दक्षता देखिएन । उनको पृष्ठभूमि नै राजनीतिक होइन । त्यसैले पनि परिपक्व बन्दै गएका रविप्रति नै मुलुकको ध्यान केन्द्रित हुनु स्वभाविक पनि हो ।
प्रतिक्रिया