सुनचाँदी

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, ०८ भदौ २०८३, ११ : २५

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ३ हजार २०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार ६६५ रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ९६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

आज १० ग्राम चाँदीको मूल्य ४ हजार २५७ रुपैयाँ कायम भएको छ।

सोमबार, ०८ भदौ २०८३, ११ : २५

प्रतिक्रिया