बाढीपछि नेपाल टेलिकमको पहिलो चरणको फाइबर नेटवर्क पुनः सञ्चालन, १ हजार ९३ लाइन सुचारु

बुधबार, २४ भदौ २०८३, १७ : ११

काठमाडौं- गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःसञ्चालन कार्य सम्पन्न भएको छ।

बाढीका कारण रसुवागढी र बेत्रावतीमा एकरएक गरी दुई वटा ओएलटी (OlT), रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीन वटा गरी पाँच वटा एफडीसी (FDC) तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो। यसबाट उक्त क्षेत्रका कुल १ हजार ५४४ वटा एफटीटीएच ९ँत्त्ज्० लाइन पूर्ण रूपमा प्रभावित भएका थिए।

विपद्‌लगत्तै नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक स्रोत–साधन परिचालन गरी मर्मत तथा पुनःसञ्चालनको कामलाई तीव्रता दिएको जनाएको छ। हालसम्म प्रभावितमध्ये १ हजार ९३ वटा एफटीटीएच लाइन पुनःसञ्चालनमा आएसँगै पहिलो चरणको सेवा पुनःस्थापना कार्य सम्पन्न भएको कम्पनीले जनाएको छ।

बाँकी रहेका लाइनहरू भने सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, बस्तीको स्थिति, प्राविधिक सम्भाव्यता तथा ग्राहकको मागलाई आधार बनाएर क्रमशः सञ्चालनमा ल्याइने टेलिकमले जनाएको छ।

प्राकृतिक विपद्का कारण दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगे पनि सेवाग्राहीलाई यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन मर्मत तथा पुनःस्थापनाको कामलाई प्राथमिकतामा राखिएको कम्पनीको भनाइ छ।

नेपाल टेलिकमले विपद्को विषम परिस्थितिमा सेवाग्राहीलाई दूरसञ्चार सेवाको पहुँच कायम राख्न तथा अवरुद्ध सेवा पुनःसञ्चालन गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।

सेवा अवरुद्ध भएको अवधिमा सेवाग्राहीले देखाएको धैर्यता, सहकार्य र विश्वासप्रति नेपाल टेलिकमले आभार व्यक्त गरेको छ। कम्पनीले बाँकी प्रभावित लाइनहरू पनि आवश्यक प्रक्रिया पूरा गरी क्रमशः सञ्चालनमा ल्याउने जनाएको छ।

बुधबार, २४ भदौ २०८३, १७ : ११

प्रतिक्रिया