युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित ‘एपिगा नेपाल २०२६’ सम्पन्न

बुधबार, २४ भदौ २०८३, १६ : १२

काठमाडौं- एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । २०२६ सेप्टेम्बर ५ र ६ मा काठमाडौंमा आयोजना गरिएको दुईदिने क्षमता विकास कार्यक्रममा युवा सहभागीहरूलाई इन्टरनेट गभर्नेन्स, डिजिटल नीति, बहु-सरोकारवाला मोडल तथा क्षेत्रीय र विश्वव्यापी इन्टरनेट नीति निर्माण प्रक्रियाबारे ज्ञान, सीप र व्यावहारिक अनुभव प्रदान गरिएको थियो ।

इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (ICANN) सँगको सहकार्यमा आयोजना गरेको एपिगा नेपाल २०२६ नेपालमा आयोजना गरिएको तेस्रो संस्करण हो । एपिगा कार्यक्रमले एसिया प्यासिफिक क्षेत्रका युवाहरूलाई इन्टरनेट गभर्नेन्सको बहु-सरोकारवाला प्रक्रियाबारे बुझ्न, क्षेत्रीय तथा विश्वव्यापी छलफलमा सहभागी हुन र भविष्यका डिजिटल नेतृत्वका लागि आवश्यक ज्ञान तथा सीप विकास गर्न अवसर प्रदान गर्दै आएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा क्यान महासंघका उपाध्यक्ष नबिन जोशीले स्वागत मन्तव्य राख्दै एपिगा नेपाल २०२६ मा सहभागी सम्पूर्ण अतिथि, वक्ता तथा युवाहरूलाई स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल दूरसञ्चार प्राधिकरण (NTA) का अध्यक्ष अर्जुन घिमिरेले मुख्य सम्बोधन प्रदान गरेका थिए । उनले नेपालको डिजिटल विकास, दूरसञ्चार तथा इन्टरनेट क्षेत्रको विकास र इंटरनेट गवर्नेंसमा युवा पुस्ताको भूमिकाको महत्वबारे सम्बोधन गरे ।

उद्घाटन समारोहमा एसिया-ओसिनिया कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) का उपाध्यक्ष  नवराज कुँवरले विश्वव्यापी तथा ग्लोबल इंटरनेट गवर्नेंस सम्बन्धमा विशेष मन्तव्य राखेका थिए । उनले क्षेत्रीय तथा विश्वव्यापी इंटरनेट गवर्नेंस प्रक्रियामा नेपालको सहभागिता र डिजिटल क्षेत्रमा सहकार्यको महत्वबारे प्रकाश पारे । नेपाल इन्टरनेट सेवा प्रदायक संघ (ISPAN) का प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले इन्टरनेट सुशासनका रूपमा इन्टरनेट सेवा विषयमा आफ्ना विचार प्रस्तुत गरे । त्यसैगरी, सनवे कलेज काठमाडौंकी सञ्चालन प्रमुख  सिमोली गौतम देसाईले शैक्षिक दृष्टिकोणमा इंटरनेट गवर्नेंस विषयमा मन्तव्य राखेका थिए । 

उद्घाटन समारोहपश्चात् सहभागीहरूका लागि विभिन्न विशेषज्ञ सत्र, पावर टक, नीति छलफल, अन्तरक्रियात्मक कार्यशाला तथा समूहगत गतिविधिहरू सञ्चालन गरिएको थियो। कार्यक्रमले सहभागीहरूलाई इंटरनेट गवर्नेंसका राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी आयामबारे बुझ्ने अवसर प्रदान गरेको थियो ।

एपिगा नेपाल २०२६ मा Power Talks, Policy Discussions, Interactive Workshops, Expert Sessions तथा Model ICANN Conference लगायतका विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिएको थियो । सहभागीहरूले इंटरनेट गवर्नेंसको आधारभूत अवधारणा, ICANN को भूमिका तथा नीतिनिर्माण प्रक्रिया, DNS तथा Internet Ecosystem, क्षेत्रीय तथा विश्वव्यापी इंटरनेट गवर्नेंस मञ्च प्रक्रियाहरू, युवा सहभागिता, डिजिटल नीति तथा नेतृत्वका अवसरहरूबारे जानकारी हासिल गरेका थिए ।

कार्यक्रमअन्तर्गत “Regional and Global Internet Governance” लगायतका Power Talk सत्रहरू सञ्चालन भएका थिए। यस्ता सत्रमार्फत सहभागीहरूले नेपाल तथा एसिया प्यासिफिक क्षेत्रबाट विश्वव्यापी Internet Governance प्रक्रियामा युवाहरूले खेल्न सक्ने भूमिका, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य र नीति निर्माणमा सार्थक सहभागिताका विषयमा छलफल गरेका थिए ।

त्यसैगरी, APNIC (Asia Pacific Network Information Centre) सम्बन्धी सत्रमार्फत APNIC को भूमिका तथा Policy Development Process (PDP) का बारेमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो । सहभागीहरूले इन्टरनेट स्रोत व्यवस्थापन तथा क्षेत्रीय इन्टरनेट नीतिनिर्माण प्रक्रियामा समुदायको सहभागिताबारे पनि सिक्ने अवसर प्राप्त गरेका थिए ।

कार्यक्रमको अर्को महत्वपूर्ण आकर्षण Model ICANN Conference रहेको थियो। यसमार्फत सहभागीहरूले ICANN को वास्तविक बहु-सरोकारवाला नीति छलफल प्रक्रियालाई व्यवहारिक रूपमा अनुभव गरेका थिए । सहभागीहरूले विभिन्न सरोकारवालाको भूमिका निर्वाह गर्दै नीति तथा Internet Governance का विषयमा छलफल, वार्ता र सहमतिको अभ्यास गरेका थिए ।

एपिगा नेपाल २०२६ ले युवा सहभागीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी समूहगत छलफल, प्रश्नोत्तर, प्रस्तुति, नीति बहस तथा व्यावहारिक अभ्यास मार्फत आफ्ना विचार राख्ने र नेतृत्व क्षमता विकास गर्ने अवसर प्रदान गरेको थियो। कार्यक्रमले सहभागीहरूलाई नेपालको डिजिटल भविष्य, इन्टरनेटको खुलापन, सुरक्षा, समावेशिता र पहुँचका विषयमा थप जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको छ ।

एपिगा नेपाल २०२६ का माध्यमबाट नेपालमा Internet Governance Youth Community लाई थप सुदृढ गर्ने, युवाहरूलाई राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी डिजिटल नीति छलफलमा जोड्ने र नेपालको Internet Governance Ecosystem मा नयाँ पुस्ताको सहभागिता बढाउने उद्देश्यमा महत्वपूर्ण योगदान पुगेको आयोजक क्यान महासंघले जनाएको छ ।

यस कार्यक्रमले नेपालको ICT तथा Internet Governance क्षेत्रमा युवा पुस्ताको ज्ञान, सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिएको छ। कार्यक्रम सफल बनाउन निरन्तर सहयोग तथा सहकार्य प्रदान गर्नुहुने Digtal Co-operation Nepal, ICANN, APNIC, Internet Society Foundation लगायतका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय साझेदार, सहयोगी संस्था, वक्ता, प्रशिक्षक, विशेषज्ञ, स्वयंसेवक, आयोजक टोली तथा सम्पूर्ण सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। कार्यक्रमका लागि इन्टरनेट पार्टनर वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड, बैंकिङ्ग पार्टनर ग्लोबल आइएमई बैंक लिमिटेड र सहयोगीहरूमा क्यान महासंघ (CAN Federation), एनपीआईएक्स (NPIX), सनवे कलेज काठमाडौं (Sunway College Kathmandu) र जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रा.लि रहेका थिए ।

एपिगा नेपाल २०२६ बाट विकसित ज्ञान, सीप, नेटवर्क र अनुभवलाई सहभागीहरूले आगामी दिनमा नेपाल तथा क्षेत्रीय र विश्वव्यापी Internet Governance प्रक्रियामा उपयोग गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
एपिगा नेपालका कार्यक्रम संयोजक उदिप बराल र कार्यक्रम टिम लिड विवेक सिलवालको नेतृत्वमा सञ्चालन गरिएको थियो । आयोजक सदस्यहरूमा प्रमोद ढुंगाना, ओम प्रकाश शर्मा, स्वस्ती बास्तोला, मध्यिका अधिकारी, विजय रेग्मी, पूर्णिका खनाल, सिद्धान्त पन्त, एलिना पुन मगर, दिक्ष्या राउत, अनुपम गौतम र नसला जोशी थिए ।
 

बुधबार, २४ भदौ २०८३, १६ : १२

प्रतिक्रिया