प्रधानमन्त्री बालेनप्रति संसदमा शहीदकी आमाको आक्रोश

बुधबार, २४ भदौ २०८३, १५ : ०४

काठमाडौं - जेन(जी आन्दोलन भएको एक वर्षपछिको समीक्षामा शहीद परिवारको असन्तुष्टि सतहमा आएको छ । संसदमा बोल्दै शहीदकी आमाले प्रधानमन्त्री बालेन शाहप्रति आक्रोश पोखेकी छन् । रास्वपा सांसद रहेकी रचना खतिवडा खत्रीले प्रधानमन्त्री शाहसँग असन्तुष्टि जनाएकी हुन् ।

उनले भनिन्, ‘जेन(जी आन्दोलन भएको एक वर्ष भयो । देशले शहीद पायो, एकदिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस्, केही न केही बोल्दिनुस्, केही त जेनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान सात बजेदेखि भन्दा(भन्दा बेलुकी सात बजे स्टाटस त आयो । अन्ततः एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली !’

बुधबार, २४ भदौ २०८३, १५ : ०४

प्रतिक्रिया