सेयर बजार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

बुधबार, २४ भदौ २०८३, १५ : २१

काठमाडौं– साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ। अघिल्ला दुई दिन लगातार बढेको बजार आज १५.४३ अंकले घटेर २ हजार ५४५.४० विन्दुमा बन्द भएको हो।

बुधबार सेयर बजारमा १९२ कम्पनीको सेयर मूल्य घट्दा ७४ कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सेन्सेटिभ इन्डेक्स पनि १.६१ अंकले घटेर ४५२.३४ विन्दुमा झरेको छ। बजार घटेको दिन कारोबार भएका १३ वटै उपसूचक राताम्मे भएका छन्।

परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। बुधबार ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर ५० हजार ८०४ पटक खरिद–बिक्री हुँदा कुल ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

बुधबार, २४ भदौ २०८३, १५ : २१

प्रतिक्रिया