सेयर बजार

नेप्से साताको अन्तिम दिन पनि बढ्यो, कारोबार रकम ३ अर्ब नाघ्यो

विहीबार, १८ भदौ २०८३, १५ : १९

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से आज भने एकल अंकले उकालो लागेको हो ।

आज कारोबार बन्द हुँदा नेप्से परिसूचक ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा पुगेको छ । बजारमा कारोबार भएका ३४६ कम्पनीमध्ये १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले बढेर ४४९.५० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्बभन्दा कमको कारोबार भएको बजारमा आज ३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

आज ३४६ कम्पनीका १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर ४० हजार ६९२ पटक खरिद–बिक्री हुँदा कुल ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ रुपैयाँको कारोबार भएको छ ।

विहीबार, १८ भदौ २०८३, १५ : १९

प्रतिक्रिया