सेयर बजार

साताको अन्तिम दिन नेप्से झिनो अंकले घट्यो, ३ अर्ब ७८ करोडको कारोबार

विहीबार, ११ भदौ २०८३, १५ : ४०

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन उच्च अंकले घटेको बजार आज पनि १.०४ अंकले ओरालो लागेको हो।

आज कारोबार बन्द हुँदा नेप्से परिसूचक २५५७.३१ विन्दुमा पुगेको छ। कारोबारका क्रममा बजार २५१८ विन्दुसम्म झरे पनि अन्तिम समयमा केही सुधार भएको हो।

आज १४६ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५४ अंकले घटेर ४५१.१२ विन्दुमा पुगेको छ। आज कारोबारमा रहेका १३ उपसूचकमध्ये ७ वटा बढेका छन् भने ६ वटा घटेका छन्।

परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने ३ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। आज ३४८ कम्पनीका १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर ५२ हजार ५७५ पटक खरिद–बिक्री हुँदा कुल ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार ७० रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

विहीबार, ११ भदौ २०८३, १५ : ४०

प्रतिक्रिया