सेयर बजार

साताको पहिलो दिन चम्कियो सेयर बजार, नेप्से १८ अंकले उकालो

सोमबार, २२ भदौ २०८३, १५ : २५

काठमाडौं– साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ। गत साता १४ अंकभन्दा बढीले घटेको बजार आज भने १८.०७ अंकले बढेको हो।

कारोबारको अन्त्यमा नेप्से परिसूचक २५६०.८४ विन्दुमा पुगेको छ। आज कुल १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सेन्सेटिभ इन्डेक्स पनि आज ४.४६ अंकले बढेर ४५३.९६ विन्दुमा पुगेको छ। कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ।

नेप्से बढेको दिन बजारमा ३ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आज ३५२ कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता सेयर ५० हजार ८४४ पटक खरिद–बिक्री हुँदा कुल ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ रुपैयाँ बराबरको कारोबार भएको हो।

आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

सोमबार, २२ भदौ २०८३, १५ : २५

प्रतिक्रिया