मौसम पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार, २२ भदौ २०८३, ०७ : ३९

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ।

अहिले देशभर साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू(भागका केही स्थानमा तथा पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू(भागका केही स्थानमा तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू(भाग, कर्णाली प्रदेशको पहाडी भू(भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार, २२ भदौ २०८३, ०७ : ३९

प्रतिक्रिया