काठमाडौं– रसुवासहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको एकमुष्ट चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
कम्पनीका अनुसार ५१ लाख रुपैयाँ संस्थागत रूपमा तथा सञ्चालक र कर्मचारीबाट २१ लाख रुपैयाँ योगदान गरी कुल ७२ लाख रुपैयाँ सहयोग गरिएको हो।
२०८३ भदौ १० गते रसुवासहित देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै कम्पनीले प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सहयोगका लागि सहयोग गरेको जनाएको छ।
सानिमा रिलायन्स लाइफले विपद्का कारण दिवंगत भएकाप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासमा सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया