काठमाडौं– प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई भारत स्थित गुरुग्राम हरियाणा मेदान्ता–द मेडिसिटी हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार बहीरङ्ग सेवा(ओपीडी) मा सबै परामर्शहरु तथा ल्याबोरेटरी र रेडियोलोजीे जाँचहरुमा मेदान्ता–द मेडिसिटी हस्पीटलको प्रचलित दरमा १५% छुट पाउने भएका छन् । त्यसैगरी अन्तरंग सेवा(आइपीडी)मा कोठाको भाडा तथा ल्याबोरेटरी र रेडियोलोजीे जाँचहरुमा मेदान्ता–द मेडिसिटी हस्पीटलको प्रचलित दरमा १५% छुट पाउने भएका छन् ।
उक्त सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी हस्पीटलका तर्फबाट प्रमुख –कर्पोरेट साझेदारी श्री सत्य चतुर्वेदी र प्रभु बैंक लि.का तर्फबाट कन्टी« हेड – भारत श्री सुनिल मिश्रा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो । यो सम्झौता १५ अगस्ट २०२६ देखि प्रारम्भ भई १४ अगस्ट २०२८ सम्म कायम रहनेछ ।
यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३८ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।
प्रतिक्रिया