मानपुर गौरिडाँडा खानेपानी उपभोक्ता संस्थाको तेस्रो साधारणसभा सम्पन्न

आइतबार, २१ भदौ २०८३, १५ : ५९

काठमाडौं– मानपुर गौरिडाँडा खानेपानी उपभोक्ता संस्थाको तेस्रो साधारणसभा विभिन्न विषयमा छलफल तथा निर्णय गर्दै सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष भूपबहादुर केसीको अध्यक्षतामा सम्पन्न सभामा सचिव मिनराज ओलीले वार्षिक प्रतिवेदन तथा कार्यक्रम सञ्चालन गरेका थिए। त्यस्तै, कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि समेत छलफल गरिएको थियो।

सभामा संस्थाका उपाध्यक्ष कबिराज ओलीले स्वागत मन्तव्य राखेका थिए। राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओलीले स्वच्छ तथा सुरक्षित पिउने पानी आमनागरिकको मौलिक अधिकार भएको बताए। खानेपानीको दायित्व सरकारले लिनुपर्नेमा जोड दिँदै उनले उपभोक्ताले आफ्नै मेहनत र लगानीबाट सञ्चालन तथा संरक्षण गर्दै आएका खानेपानी संस्थालाई थप आर्थिक भार पर्ने गरी विद्युतमा १३ प्रतिशत कर लगाउनु उचित नभएको धारणा राखे।

उनले विद्यमान ऐन तथा कानुनमा खानेपानी उपभोक्ता संस्था खारेजी तथा विघटनसम्बन्धी व्यवस्था राखिनु पनि जनताको पहल र लगानीमा सञ्चालित संस्थाको अधिकारमाथि हस्तक्षेप भएको बताए।

जनताको सहभागिता र लगानीमा सञ्चालन भइरहेका खानेपानी उपभोक्ता संस्थाको संरक्षण गर्दै उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

साधारणसभामा सचिव र कोषाध्यक्षले प्रस्तुत गरेका वार्षिक प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो। सभाले संस्थाका विभिन्न विषयमा छलफल गरी आवश्यक निर्णयसमेत गरेको जनाइएको छ।

आइतबार, २१ भदौ २०८३, १५ : ५९

प्रतिक्रिया