मोबाइल फोन आयातकर्ता संघद्वारा बाढीपीडितका लागि ३१ लाख सहयोग

विहीबार, २५ भदौ २०८३, १२ : २१

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संघले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बिहीबार नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो।

संकलित रकम बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा उपयोग हुने संघले जनाएको छ।

Logo (1)

सहयोग रकम संघका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

सो अवसरमा संघका अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। सदस्य संस्थाहरूले राहत तथा उद्धार कार्यमा देखाएको सहयोग र सद्भावप्रति उनले धन्यवादसमेत व्यक्त गरे।

विहीबार, २५ भदौ २०८३, १२ : २१

प्रतिक्रिया