मन्त्रिपरिषद् बैठक

१३ देशका लागि राजदूत सिफारिस, कुन देशमा को ?

शुक्रबार, ०२ असोज २०८३, १६ : २३

काठमाडौं– सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा सिफारिस भएका छन्।

त्यस्तै संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जबरा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ।

यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।

राजदूत नियुक्तिको प्रक्रिया पूरा हुनुअघि सिफारिस भएका नाममाथि संसदीय सुनुवाइ र सम्बन्धित मुलुकबाट सहमति लिनुपर्ने व्यवस्था छ। त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

शुक्रबार, ०२ असोज २०८३, १६ : २३

प्रतिक्रिया