१. गौरापर्वको परिचय र पृष्ठभूमी
‘गौरा’ भनेको दुर्गा, भगवती, गौरी र पार्वती हुन्। यस पर्वको अवधिमा देवीगौरी वा पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन कठोर तपस्या गरेको भनाई हिन्दु धार्मिक शास्त्रमा छ। यो पर्वको शुरूवात वर्षात ऋतुको हिलोमैलो सकेर जब प्रकृति सफा, स्वच्छ र हरियाली हुन जान्छ तब मात्र यस पर्वको शुरूवात हुन्छ। स्थानीय पण्डितको अनुसार यस पर्वलाई प्रकृति प्रेमीको रूप दिएको छ। प्रत्येक वर्ष भाद्रकृष्ण शुक्लपक्षको षष्ठीदेखि अष्टमीसम्म वा अंग्रेजी महिनाको अगष्ट र सेप्टेम्बर महिनाको बिचमा मनाउने गरेका छन्।
गौरा पर्व मुख्यतया नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको क्षेत्रमा मनाईन्छ भने भारतको उत्तराखण्ड कुमाउँ क्षेत्रमा पनि मनाइन्छ। यस पर्वको विशिष्टता, ऐतिहासिक र साँस्कृतिक महत्व उक्त क्षेत्रमा छ। यो पर्वको मुख्य उद्देश्यमा देवी गौरी र महेश्वरको बैवाहिक सम्बन्ध सँग जोडिएको छ। गौरा पर्वको पृष्ठभूमि र यसको सुरुवातलाई धार्मिक, सामाजिक र भौगोलिक दृष्टिकोण बाट निम्नानुसार बुझन सकिन्छ।
यसको धार्मिक तथा पौराणिक पृष्ठभूमि हेर्ने हो भने शिव पार्वतीको विवाह र तपस्यामा आधारित छ । स्थानीयमा हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउनका लागि कठोर तपस्या गरेकी थिइन् र उनको तपस्याबाट प्रसन्न भई शिवले पार्वतीलाई पत्नीको रुपमा स्वीकारेका थिएँ भन्ने किमदन्ती कथा अजसम्म पनि भन्ने चलन छ। गौरापर्व दिव्य विवाह र स्मर्पणको सम्झनामा मनाउने चलन छ। विवाहित महिलाहरुले आफनो पतिको दीर्घायु र परिवारको समृद्धिको लागि शुभ कामनाका लागि पाँच दिनसम्म निराधार व्रत बसी अराधना गर्दछन्।
सुदूरपश्चिमका ग्रामीण भेगमा चैतदेखि श्रावणसम्म धान रोप्ने, गोडमेल गर्ने जस्ता कृषि कार्यको निकै चटारो पर्ने भएकोले यो पर्व काम सम्पन भएपछि मात्र मनाउने चलन छ। भाद्र महिना सकेपछि कृषिकहरु आफनो कार्यबाट फुर्सद पाएको हुनाले आफना सबै र्इष्टमित्रहरू सँग भेटघाट तथा मनोरञ्जन गर्ने उद्देश्यले मनाउदै आएको देखिन्छ। प्रकृतिको पूँजाको हिसाबले गौरा पर्वमा धान, साउँ, तिल, अपामार्ग र दुबो जस्ता पाँच प्रकारका बोटबिरुवाहरु संकलन गरी देवीगौराको प्रतिमा निमार्ण गरिन्छ। यसले यो पर्व विशुद्ध रुपमा प्रकृति तथा कृषिसँग सम्बन्धित छ। देउडा र लोकसंस्कृतिको हिसाबले भन्ने हो भने गौरा पर्व केवल पूँजाआजामा मात्र सीमित नभई सामाजिक सद्भावको लागि उत्तम मानिन्छ।
गौरा घरमा देवीको स्थापना गरेपछि महिला तथा पुरुषहरु छुट्टा छुट्टै वा सामूहिक रुपमा गोलबद्ध भई फाग, देउडा, चैतलो र धुमारी जस्ता परम्परागत लोकभाकामा गाउँने चलन छ। यी गीतहरुका माध्यमबाट समाजको सुख दुःख, इतिहास र समसामायिक घटनाहरु अभिव्यक्त गरिने चलन छ। संक्षेप्त रुपमा भन्नु पर्दा, गौरा पर्व सुदूरपश्चिमको पँहिचान, नारी शक्तिको सम्मान, प्रकृतिको पूजा र संस्कृतिको अनुपम संमगम भएको देखिन्छ।
क. गौराको प्रतिमूर्ति निमार्णको प्रकृया
गौरा वा पार्वतीको प्रतिमूर्ति निमार्ण गर्दा मुख्यतया पाँच प्रकारका वनस्पतिहरु तथा पाँच प्रकारका घाँसका बोटबिरुवाहरु प्रयोग गरिन्छ। साथै भाद्र मिहनाको सप्तमीकादिन व्रतालु महिलाहरुले खेत तथा वनजंगलबाट सबै बोटविरुवाहरु धार्मिक विधि अनुसार पूँजागरी संकलन गरिन्छ। सबै वनस्पतिहरु समेटेर गौराको डोली वा प्रतिमूर्ती निमार्ण गरिन्छ। गौरा प्रतिमूर्ति निमार्णमा प्रयोग हुने पाँचवटा घाँस र बोटविरुवाहरु यस प्रकार छन् ।
१. धान (Paddy Plant): धानको हरियो बोटलाई समृद्धिको प्रतीक मानिन्छ र गौराको मुख्य अड्गको रुपमा प्रयोग गरिन्छ।
२. साउँ/सौं (Saun/Barnyard Grass)M यो धानको खेतबारीको बिचमा उम्रिने एक प्रकारको घाँस हो। जसलाई गौराको प्रतिमा बनाउन अनिवार्य रुपमा प्रयोग गरिन्छ।
३. तिल (Sesame Plant): तिलको बोट पवित्र वनस्पतिको रुपमा लिने गरेको पार्इन्छ। गौरीदेवीको शरीरको रुप निमार्ण गर्दा समावेश गरिन्छ।
४. अपामार्ग (Prickly Chaff Flower): धार्मिक र आयुर्वेदिक रुपमा महत्वपूर्ण मानिने वनस्पतिकोबोट पनि गौराको प्रतिमूर्ति निमार्ण गर्दा प्रयोग गरिन्छ।
५. दुबो वा बलबाल्लो (Bermuda Grass/Balballu): पूँजा आजामा पवित्र मानिने दुबो अथवा स्थानीय रुपमा पाइने बलबाल्लो घाँस गौराप्रतिमा निमार्ण गर्दा प्रयोग गरिन्छ।
ख. गौरा पर्वमा पाँचवटा अन्न प्रयोगगर्ने विधि
सुदूरपश्चिम र कर्णाली क्षेत्रको मुख्य गौरा पर्व हो। यस पर्वमा पूँजा गर्नका लागि भिजाइने अन्न/गेडागुडीहरुलाई स्थानीय भाषामा विरुडा (Biruda) भनिन्छ। भाद्रशुक्ल वा कृष्णपञ्चमीमा विरुडा पञ्चमीको दिनले चिनिन्छ। उक्त अन्नहरू तामा वा पितलको सफा भाँडोमा भिजाउने गरिन्छ। गौरा पर्वमा प्रयोग हुने पाँचवटा अन्नहरू मध्य यस प्रकारछन्।
•गहुँ(Wheat): यो अन्न पूँजा र प्रसादको रुपमा प्रयोग हुन्छ।
•मास(Black Gram): कालोमास धार्मिक कार्य र विरुडाका लागि महत्वपूर्ण मानिन्छ।
•गहत(Horse Gram): गहत सुदूरपश्चिममा फल्ने एक पौष्टिक गेडागुडी हो र यसको समाबेस पनि गरिन्छ।
•केराउ/कलाऔं(Pea/Field Pea): सानागेडा भएको केराउ यसमा मिसाइन्छ।
•गुराँस/गुरुस(Rhododendron/Small Green Lentil): स्थानीय रैथाने गेडागुडी जसमा कतैकतै कलाऔं वा गुराउँस पनि भनिन्छ।
ग. विरुडा तयारी गर्ने विधि
सुदूरपश्चिम र कर्णाली क्षेत्रको मुख्यतया यस पर्वमा विरुडा पाँच प्रकारका अन्नहरु मिसाएर भिजाउने गर्ने र पूँजा गर्ने विशेष विधिको रुपमा विकास भएको छ। यो प्रक्रिया भाद्रशुल्क कृष्णपञ्चमीदेखि अष्टमीसम्म मुख्य रुपमा मनाईन्छ। गौरा पर्वमा विरुडा तयारी सम्बन्धी पाँच दिनको मुख्य विधि यस प्रकार उल्ललिखत गरिएको छ।
•पहिलो दिन विरुडा भिजाउने अथवा विरुडा पञ्चमीः पहिलो दिनमा तामाको भाँडो (तावलो) वा सफागरी यो दिन तामाको गुड्ड तावलो अथवा तामाकै नयाँ ठूलो भाँडो वा तामाको खण्डकुलो सफागरि सबै अन्नहरु सो भाडाँमा राखिन्छ। त्यसपछि माथि उल्लेखित पाँचवटा अन्नहरु मिसाएर उक्त सफा भाँडोमा मास, कलौ (गहत), गुरुस (गुराउँस/सिटौला), गहुँ, र केराउ गरी जम्मा पाँच प्रकारका गेडागुडी मिसाएर बनाउने विधिलाई विरुडा भनिन्छ। साथै मड्गल गान अथवा फाग सहित गाएर भिजाउने र विवाहित महिलाहरुले शुद्ध भई, व्रतबसी फाग गाउँदै सबै जमा भएका महिलाहरुले ती गेडागुडीलाई पानीमा भिजाउँछन् र चोखो ठाउँमा राखि पहिले दिनको कार्य सम्पन हुन्छ ।
•दोस्रोदिन सिसाँ हाल्ने वा पँधेरोमा लगी धुने अथवा सफा गर्नेः दोस्रो दिनमा विरुडा धुने कार्यको शुरुवात हुन्छ। जस्तै पञ्चमीको दिन भिजाएको विरुडालाई दोस्रो दिन (षष्ठीको तिथिमा) नजिकैको धारा कुँवा वा पवित्र जलाश्यमा लगेर धोइन्छ वा सफा गरिन्छ। यस कार्यमा फाग गाइने गरिन्छ। साथै विरुडाधुने वा सफागर्ने कार्यको सुरुवात महिलाहरुले गौरादेवीको महिमा अनुसार परम्परागतमा गाएका फाग गाउँने गरिन्छ। पँधेरो वा नौलाबाट फिर्ताभई घरभित्र्याउने कार्यको शुरुवात धोएको विरुडालाई सफा तथा नयाँ कपडाले छोपेर सुरक्षित रुपमा छुटै घरमा राखिन्छ ।
•तेस्रोदिनमा गौरादेवी स्थानपनाको दिनमा गर्ने विधिः धान र साउँको बोट ल्याउने र सप्तमीका दिन खेतबाट धान, साउँ, तीतेपाती, दुबो र अपामार्ग लगायतका बोटबिरूहरुको माध्यमबाट गौरादेवीको प्रतिमूर्ती निमार्ण गरिन्छ। गौरा भित्र्याउने विधि यसरी तयार पारिएको हुन्छ। गौराको प्रतिमालाई महिलाहरुले टाउकोमा राखेर, मड्गलधून र नाचगान सहित गौरा घरमा भित्र्याउँने काम गरिन्छ। यसका साथै विरुडा अर्पण गरी यसरी भित्र्याइएकी गौरादेवीको प्रतिमा सँगै अधिल्ला दिनहरुमा तयार पारिएको विरुडालाई पनि पूँजाकालागि राखिन्छ। यसरी गौराको तेस्रो दिनको कार्य सम्पन हुन्छ।
•चौथोदिनमा मुख्य पूजा तथा गौरा अष्टमीको विधिः चौथोदिनको गौरा पूँजाको ब्रत विशेषपूँजा यस प्रकारले शुरुवात हुने गर्दछ । यो गौरा पर्वको सबैभन्दा मुख्य दिनको रुपमा यो दिन मानिन्छ। सबै महिलाहरुले निराहार व्रतबसेर गौरादेवी र शिवको विशेष पूँजा गर्दछन्। यसमा दुबधागो धारणा गर्ने बशेष कार्यक्रमको शुरुवात हुन्छ । विवाहित महिलाहरुले आफनो घाँटीम दुबधागो (केटा मान्छेको जनै धारणा गर्ने जस्तै हो) बाँधने कार्य सम्पन हुन्छ। अर्को यस दिनमा बिरुडाले अध्रदिने कामको शुरुवात हुन्छ। यस दिनमा पूँजाकोलागि तयार पारेको बिरुडालाई प्रसादको रुपमा गौरादेवीलाई चढाईन्छ। पूँजा सकिएपछि यो बिरुडालाई सबैले प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । केटा मान्छेको टाउँकोमा पुँजने चलन छ।
•पाँचौदिन गौरा विसर्जनगर्ने दिनः पाँचौ दिनमा गौराको अन्तिम दिन वा विसर्जन गर्ने दिन हो। यस दिनको कार्यलाई अष्टमीको पूँजा पनि भनिन्छ। यस तिथिलाई नवमी वा दशमीको दिन गौरादेवीको प्रतिमालाई बिदाइ गर्ने चलन छ। स्थानीयमा यस दिनलाई गौराको प्रतिमा सेलाउने दिन पनि भन्ने चलन छ। प्रसाद वितरण यसरी गरिन्छ जस्तै बाँकी रहेको बिरुडा र फलफूलहरुलाई कपडामा राखेर आकाशमा उचाल्ने र माथी फटकाउने खेल खेलिन्छ। माथी आकासमा फालेका विरुडा र फलफुललाई प्रसादको रुपमा सबैले थाप्ने चलन छ। उक्त फलफुल तथा बिरूडा पाउने मान्छेले प्रसादको रुपमा ग्रहण गर्ने गर्दछन्। गौराको प्रतिमालाई पवित्र स्थानमा लगेर धार्मिक रितिरिवाजले विसर्जन गरिन्छ।
घ. गौरा पर्वका नियमहरु
गौरापर्व मुख्यतया नेपालको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा श्रद्धापूर्वक मनाइने एक ऐतिहासिक तथा साँस्कृतिक उत्सवको रुपमा लिइन्छ। मातापार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउनकालागि गरेको कठोर तपस्याको सम्झनामा यो पर्व आजसम्म पनि मनाउदै आएको इतिहास देखिन्छ। योपर्व पाँच दिनसम्म विशेष धार्मिक विधि अनुसार धार्मिक नियमले निर्देशन गरे अनुसार मनार्इन्छ। गौराको पाँच दिनको पूँजाका साथै व्रतमा पालना गर्नुपर्ने मुख्य नियम र विधिहरु तलउल्लेख गरिएका छन्।
•पहिलो दिन विरुडा भिजाउने नियमः अन्नको छनोटमा व्रतालु महिलाहरुले शुद्ध मंनले स्नान गरी तामा वा पितलको सफा भाँडोमा पाँच प्रकारका अन्नहरु गहुँ, मास, केराउ, गुराँस र गहत मिसाएर भिजाउन्छन् र यसलाई बिरुडा भनिन्छ। घरको शुद्धता विरुडा भिजाउनु अधि घरआगँन सफा, स्वच्छ र शुद्ध राखिन्छ।
•दोस्रो दिन बिरुडा धुने नियमः सामूहिक स्नान गरी सफाइ राख्नका साथै व्रतालु महिलाहरु बिहानै उठेर नजिकैको नदी, खोला वा पँधेरोमा गएर सामूहिक रुपमा बिरुडा सफा गर्ने वा धुने गर्दछन्। मड्गल वा फाग गाएर बिरुडा धुने कार्यको सुरूवात हुन्छ । धोएका बिरुडालाई घरमा ल्याएर सुरक्षित ठाउँमा राखिन्छ।
•तेस्रो दिन गौरा भित्र्याउने नियमः निराहार व्रत तथा सफा कुण्डमा स्नान गरी व्रतालु महिलाहरुले पूर्णरुपमा निराहारभई व्रत बस्ने गर्दछन्। पहिलो पटक व्रत बस्ने महिलाहरुले गाईको गोबर, दूधका र गहुँतको प्रयोग गरी बनाइएको विशेष कुण्डमा शास्त्रीय विधि अनुसार स्नान कुण्डमा नुहाउँने गर्दछन्। गौराको प्रतिमा निमार्ण गर्दा खेतबाट ल्याएका धान, साउँ, दुबो, तिल, अपामार्ग लगायतका वनस्पतिहरुले प्रतिमा बनाईन्छ ।
•चौथो दिनमा अठ्यावाली पूँजा गर्ने नियमः बिशेष पूँजाका दिनमा गौरा र शिवको स्थापना गरी विशेष रुपमा पूँजा गरिन्छ। दुबधागो धारण गर्ने दिन पनि भनिन्छ। यसरी व्रतालु महिलाहरुले अभिषेक गरिएको पवित्र दुबधागो आफनो घाँटीमा धारण गर्ने चलन छ। यसका साथै कथा श्रवणमा पूँजाको समयमा गौराजन्म, विवाह र लीला समेटिएको अठ्यावलीको कथा तथा लोकगाथाहरु गाउने चलन छ। बिरुडा फल्काउने काम पनि यसै दिनमा।
•पाँचौँ दिनमा गौरा विसर्जन गर्ने नियमः नित्यपूँजा र देउडा खेलमा गौरादेवीलाई विसर्जन नगरुन्जेलसम्म हरेक दिन बिहान बेलुका नित्यपूँजा गरिन्छ र यसका साथै प्रसाद वितरण पनि गरिन्छ। सामाजिक सद्भावमा गौरा घरको आँगनमा महिला तथा पुरुषहरु छुट्टा छुट्टै वा सामूहिक रुपमा गोलो घेरा बनाई स्थानीय भाषामा देउडा, चैतलो र धुमारी जस्ता परम्परागत नृत्य गर्ने चलन छ। शुभ मुहूर्तमा विसर्जनका साथै अनुकूल तिथि र समय हेरेर गौरामाताको प्रतिमालाई पवित्र जलाशय वा तोकिएको धार्मिक स्थलमा विसर्जन गर्ने कार्य सम्पन गरिन्छ।
•व्रतका अन्य नियमहरु मध्यः व्रत अवधिभरि घरमा पूर्ण सात्विक भेजन वा लसुन, प्याज र माछामासु वर्जित गरी भोजन पकाएर खानु पर्ने हुन्छ। व्रतालु महिलाहरुले मंनमा रिस, राग वा द्वेष नराखी शुद्ध र पवित्र विचारले सो काम गर्नु पर्ने हुन्छ। आफनो श्रीमान, सन्तान र परिवारको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्दै श्रद्धापूर्वक यो व्रतपूरा गर्नाले सोचेको काम हुन्छ भन्ने रीतिरिवाज छ।
ड. गौरा कुन कुन जातले मनावछन्
गौरा पर्वको शुरुवात हुँदा समाजमा जातपातको हालको जस्तो विभाजित भएको थिएन्। धेरै दिनपछि समाजमा केही आफुलाई ठूलाबडा मान्नेहरुले जो गरिब, आफु भन्दा कमजोर देखिने व्यक्ति वा परिवारलाई हेपाहाको नजरले हेर्ने भएकाले समाजलाई विभिन्न जातमा विभाजित गरि दिएको इतिहास छ। गौरा भनेको भगवान पार्वती भएकाले सबै जातपात एकैहुन भनि स्थानीय समाज, टोल, समुह, गाऊँमा बसोबास गर्ने सबै व्यक्तिमा विभेद छैन्। सबै मानव समाल भएकाले यो पर्वमा सबै जातजातिलाई समान मानिएको छ र यो पर्व सबैके लागि समान छ। गौरा पर्वमा आजसम्म कुनै छुवाछात छैन् सबै बराबरको हैसियतले मनाउदै आएको इतिहास छ। कुनै एउटा मात्र विशेष जातले भन्दा सबै जातका नेपाली सुदूरपश्चिम र कर्णाली प्रदेश क्षेत्रमा बसोबास गर्ने व्यक्ति वा परिवारले समान रुपले मनाउने गरेको पार्इन्छ। हाललाई खसआर्य, दलित, जनजाति, तथा अन्य सम्पूर्ण स्थानीयमा बसोबास गर्ने जातजातिले मनाउने मनाउदछन्।
•सामूहिक सहभागिताः यस पर्वमा जातिगत भेदभाव हुदैन्, सुदूरपश्चिम र कर्णालीका सबै जातजातिका मानिसहरु सँगै मिलेर यो पर्व मनाउदै आएका छन्।
•महिलाहरुको विशेष चाडः यो बिशेष गरी विवाहित महिलाहरुले आफनो पतिको दीर्घायु र परिवारको गौरा पर्वको अवसरमा धार्मिक अनुष्ठानका सारथै सुदूरपश्चिमको प्रसिद्ध देउडा नाच गाउने गरिन्छ।
•धार्मिक मान्यताः यस पर्वमा शिवपार्वतीको पूजा आराधना गरिन्छ। हामी वृतुत गौराको विधि विधान र इतिहासको सम्बन्धी आगेको पाठमा जानकारी पाउनेछौ।
च. गौराको शुरुवातको इतिहास
गौरा पर्वको शुरुवात र यसको इतिहास धार्मिक, पौराण्कि र ऐतिहासिक खस संस्कृतिको जगसँग जोडिएको छ। विशेष गरी नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश तथा भारतको कुमाउँ क्षेत्रमा मनाइने यो पर्वलाई नारीत्वको सम्मान, दाम्पत्य जीवनको सुख, समृद्धि र सामाजिक एकताको प्रतीक मानिन्छ। गौरा पर्वको शुरुवातबारे मुख्य दुईवटा ऐतिहासिक तथा पौराण्कि मान्यताहरु रहेको पार्इन्छ।
•पौराणिक इतिहासः धार्मिक मान्यता अनुसार हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउनकालागि कठोर तपस्या गरेकी थिएन् र उनको तपस्या सफलभई शिवपार्वतीको विवाह भएको खुसियाली र सम्झनामा यो पर्व मनाउन अएको छ।
•भृगुवंशी महिलाहरुको कथाः देवीभागवत पुराणमा उल्लेख भए अनुसार प्राचनिकालमा हैहयवंशी राजा सहस्रार्जुनले भृगुवंशी ब्राह्मणहरु माथि अत्याचार गरी अनीहरुको हत्या गरेका थिए र आफना पतिको हत्या भएपछि ब्राह्मणीले आफनो सतीत्व र गर्भको रक्षाकालागि निराहर व्रत बसी आदिशक्ति गौरीको अराधना गरेकी थिइन। सोही आराधनाको जगमा एक ब्राहमणीले तेजस्वी पुत्र प्राप्त गरिन जसको तेजले अत्याचारी हिस्रार्जुन अन्धा भए। राजाले आफनो गल्ती महसुस गरी क्षमा मागेपछि उनले दृष्टि फिर्ता पाएका थिए। यही दैवी शक्ति र नारी शक्तिको विजयको सम्झनामा गौरालाई सर्वशक्तिमान मानेर यो पर्व मनाउने परम्परा वा चलनको सुरुवात भएको भएको हो भिनन्छ।
•खस साम्राज्यको इतिहासः ऐतिहासिक दृष्टिकोणबाट हेर्दा गौरा पर्वको इतिहास प्राचीन खस साम्राज्यको संस्कृति र नेपाली भाषको उद्गम स्थल सँग जोडिएको छ। इतिहासकारहरुका अनुसार सुदूरपश्चिमका दार्चुला, बैतडी, डोटी र डडेल्धुरा जस्ता क्षेत्रमा यो पर्व परापूर्व कालदेखि नै संञ्चालन गर्दै आएको छ। यो पर्व कृषि संस्कृति सँग जोडिएको छ। जहाँ वर्षातको खेतीपाती सकिए पश्चात महिलाहरुले विश्राम पाउने र प्रकृतिसँग खुसी साट्ने माध्यमका रुपमा यसको विकास हुदै आएको छ। गौरा पर्व भाद्रशुक्ल वा कृष्णपञ्चमी वा विरुडा पञ्चिमीदेखि सुरुवात भर्इ अष्टमीसम्म विशेष पूँजाआजा, फाग गायन र प्रसिद्ध देउडा नाच सहित भव्य रुपमा मनार्इन्छ। गौरापर्वको इतिहास वा यसलाई मनाउने धार्मिक विधि जस्तै विरुडा भिजाउने र दुबोधागो धरणा गिरन्छ।
२. गौरा पर्वको महत्व
गौरा पर्व नेपालको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा मनाइने एक अत्यन्त महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्व हो। नेपाल बहुजातीय, बहुभाषिक, बहुभाषिक, बहुधार्मिक र बहुसांसकृतिक राज्य हो। सगरमाथाको नामले विश्वमा परिचित पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको नेपालको मुख्य भाषा नेपाली हो। नेपालमा बोलिने सबै भाषा, धर्म र संस्कृतिका आआफनै विशेषता रहेका छन्। राष्ट्रिय गीतले भने जस्तै सयौं थुँगा फूलका हामी, रड.गी विर्ड.गी अर्थात् विभिन्न भाषा, संस्कृति र धर्मले अनेकतामा एकताको सन्देश प्रवाह गरेकोछ। हिन्दुहरुको जनसंख्या सबैभन्दा बढी रहेको हाम्रो देशमा विभिन्न संस्कृतिको सन्देशले धर्म नैतिकता र विश्वासमा अडिएको छ।
कला, धर्म, संस्कृति, संस्कारले मुलुकको समृद्धिमा हाम्रो धार्मिक रीतिरिवाजमा झन टेवा पुगेको छ। संस्कृति संस्कारको धनी सुदूरपश्चिमको गौरापर्वले पनि भाइचरा र विश्वासको वातावरण सिर्जनामा महावपूर्ण भूमिका निवार्ह गरेको पार्इन्छ। गौरापर्व सुदूरपश्चिमको महत्वपूर्ण धार्मिक एवं सास्कृतिक पर्वको रुपमा रहे पनि सबै नेपालीले गौरा गर्ने र राष्ट्रिय भावना जागृतगरी सबैलाई एकताबद्ध बनाउने प्रेरणा प्रदान गरी राष्ट्रियता संवर्धनमा समेत टेवा पुरयाएको छ। गौरा पर्वको बारेमा विभिन्न धारणा रहेको पार्इन्छ। गौरा पर्व भाद्रशुल्क पञ्चमीको विरुडा पञ्चमीबाट सुरुवात भई अष्टमीसम्म मनाउने प्रचलन रहेको छ।
गौरा पर्वको सुरुवात विरुडा अर्थात् पाँचथरीका गेडागुडी भिजाउने र महिलाहरूको निराहारव्रत बसी शिवपार्वतीको पूजाअर्चना गरी विरुडालाई प्रसादको रुपमा ग्रहण गरी सुख शान्ति र समृद्धिको काममा गरिन्छ। केराउ, गहत, गहुँ, गुरास र मासको मिश्रण गरेर भिजाउने अन्नलार्इ बिरुडा भिनन्छ। बिरुडा भिजाएको दोस्रो दिन महिलाहरूले पानीको मुहानमा गएर शुभ साइतमा बिरुडा धोएर गौरादेवीको प्रतिमा प्रतिस्थापना चडाउने चलन छ। पार्वतीशिवको नामसँग जोडिएको यस पर्वमा बिशेष गरी पार्वतीको पूजा गरिन्छ। अर्थात् पार्वतीको कडोर तपस्या पश्चात् शिवलाई पतिको रुपमा प्राप्त गरेको धार्मिक विश्वास समेत छ।
बिरुडासँगै धान, साउँ, तील, अपामार्ग र दुबोको बोटबिरुवाबाट गौरीदेवीको प्रतिमा बनाई गौरा घरमा भित्र्याउने र विसर्जन नगरिएसम्म पूजाअर्चनाका साथ महिलापुरुषले स्थानीय लोकभाकामा देउडा, फाग, धमारी आदि गाउने चलन छ। गौरा पर्वले धार्मिक आस्था आपसी सद्भाव बढाउन र शिव पार्वतीको पूजा गरी सुखशान्ति प्राप्त हुने विश्वासका साथ ठुलाबाट सानासम्म पूजा गर्ने र विरुडाले पुज्ने चलन रही आएको छ। गौररा पर्व एकताको पर्व पनि भनिन्छ । यस पर्वमा सबै जातजातिहरु एक समान भएर मनाउने गर्दछन् ।
क. गौरा पर्वको धार्मिक तथा सांसकृतिक महत्व
• पर्वतीको पूजाः यस पर्वमा शिवपार्वतीको पूजा गरिन्छ। महिलाहरुले परिवारको सुख, शान्ति र दीर्धायुको कामना गर्दै व्रत बस्ने हुन्छ ।
• सद्भाव र मेलमिलापः गौरा पर्वले मानिसहरुबीच धार्मिक आस्था, आपसी सद्भाव, भाइचारा र सामाजिक एकता बढाउन मद्दत गर्दछ।
• मौलिक संस्कृतिः यस अवसरमा गाइने देउडा, चैत र फाग जस्ता स्थानीय लोकगीत र नाचले यस क्षेत्रको मौलिक संस्कृतिलाई जगेर्ना गरेका छ।
ख. ऐतिहारिक तथा सामाजिक महत्व
• परम्पराको निरन्तरताः ऐतिहसिक कालदेखि नै पुर्खाले मान्दै आएको परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न यो पर्वको महत्वपूर्णता मानिन्छ।
• मिलनको अवसरः देशविदेशमा रहेका परिवारका सदस्सयहरु यसै चाडबाडका बेला घर फर्कने गर्दछन् ।
ग. गौरा पर्वको महत्वको एक झलक


डोटीमा परापूर्व कालदेखि नै मनाउँदै आएको हो। गौरा पर्व भाद्रकृष्णको पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनार्इन्छ। गौरापर्वको पहिलोदिन गौरापर्व मनाउने समुदायका महिलाहरुले निराहाररही आआफनो घरमा तामा वा पितलको भाँडोमा बिरुडा अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गरिन्छ। गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरुद्वारा गौराघरमा गरिने शिवगौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रुपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरुले सामूहिकरुपमा धान, तिल, दुवो, साउँ, अपमार्ग आदि बिरुवाहरूका बोटबिरूवाले गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउँने कार्य हुन्छ। धार्मिक अनुष्ठान एंव पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसके पछि श्रद्धालु महिलाहरूबाट शिवगौरीको पूजाआजा गर्ने चलन छ।
गौरा भित्र्याइसके पछि विसर्जन नगरिन्जेसम्म गौरा घरमा पुरुष तथा महिलाहरु छुट्टा छुट्टै रुपमा गोलबद्ध भई स्थानीय भाषामा देउडा, चैत, धुमारी गाउने र खेली आनन्द लिने काम हुन्छ। अनुकूल तिथिहेरी विसर्जन गरिने गौरापर्वले मानिसहरूमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पुरयाउने मात्र नभई यस बर्षमा व्रतबसी शिव गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहेको छ। सुदूरपश्चिमेलीहरुले धुमधामका साथ मनाइने गौरापर्व भाद्रकृष्ण पञ्चमीदेखि सुरुवात हुने गर्दछ। गौरा पर्वको पहिलो दिन घरघरमा महिलाले तामाका भाँडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ।
यो पर्व सुदूरपश्चिमम एक ठूलो पर्वको रुपमा मनाइन्छ। साथै यस पर्वमा सरकारले देशभर गौरापर्व मनाउने समुदायलार्इ सार्वजनिक विदा दिने परिपाटी छ। यस पर्वमा देउडा र धुमारी खेल्ने चलन पनि छ। गौरापर्वमा देउडा गीतका माध्यम बाट एक अर्काका दुःख, सुख बाँड्नुकासाथै माया, प्रेम र आनन्द बाडने काम गरिन्छ। सुदूपश्चिम देवताहरु बसोबास गर्ने देवभूमी भएकाले यो पर्वमा सबै देवीदेवताहरु खुसी भएर रमाउने हुँदा यस पर्वमा सबै देवीदेवताहरुको दर्शन गर्न सकिन्छ। त्यसैले होला स्थानीय समुदायको नियममा यसपर्वको महत्वता पनि बढी हुन्छ। यस पर्वमा सबै ईष्टमित्रहरुसँग भेटघाट हुने भएकोले यसपर्वको महत्वता समाजमा बढीछ।
३) गौराका फाईदा तथा बेफाईदा
गौरा बिशेष गरी सुदूरपश्चिम क्षेत्रको ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको पर्व हो। यस पर्व र यसमा प्रयोग हुने सामग्रीका स्वास्थ्य, सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट विभिन्न फार्इदा तथा केही बेफाइदा पनि छन्। गौरापर्व र यसका मुख्यपक्षहरुका फार्इदा तथा बेफार्इदाहरु तलउल्लेखित गरिएका छन्।
क. गौराका फाईदाहरु
•धार्मिक तथा सांस्कृतिक संरक्षणः यसले पुस्तौदेखि चल्दै आएको सुदूरपश्चिमेली संस्कृति, देउडा खेल र परम्परागत रीतिरिवाज लाई जीवन्त राख्न मद्दत गर्दछ।
• सामाजिक सद्भाव र एकताः पर्वको बहानामा छरिएर रहेका आफन्त र छिमेकीहरु एकै ठाउँमा जम्मा हुँदा परिवारिक मिलन र समुदायमा आपसी भाइचारा बढाउँछ।
•बिरुडाको स्वास्थ्य लाभ: गौरामा प्रसादको रुपमा खाइने बिरुडा (केराऊ, गहत, मास, गुराँस र गहु गरी पाँच प्रकारका गेडागुडी मिसाएर बनाइने) स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन, पाइबर र भिटामिन पाईन्छ। यसले शरीरमा ऊर्जा दिन्छ भने पाँचन प्रणाली छ।
•मानसिक स्फूर्तिः सामूहिक रुपमा देउडा खेलने, गीत गाउँने र रमाइलो गर्नाले तनाव कम हुन जान्छ।
ख. गौराका बेफाईदाहरु
•अन्धविश्वास र लैड.गिक विभेदको झलकः परम्परागत रुपमा गौरामा महिलाहरुले श्रीमानको लामो आयुकालागि कठोर व्रत बस्नुपर्ने नियम बनाएको छ भने लैड.गिक असमानता र पुरानो सोचको रुपमा सञ्चालन हुँदै आएकोछ।
•स्वास्थ्यमा जोखिम: लामो समयसम्म पानी नखाई कठोर व्रत बस्दा सवास्थ्यमा समस्या भएका व्यक्तिहरू, गर्भवती वा वृद्ध महिलाहरुलाई डिहाइड्रशन कमजोरी हुन्छ।
• फजुल खर्चः आधुनिक समयमा चाडपर्वहरु बढी खर्चिला र देखावटी बन्दै गएकाछन्। यसले विपन्न परिवारहरुमा आर्थिक मानसिक तनाव थप्न सक्छ।
• पाँचनक्रियामा समस्याः लामो समयको व्रतपछि एकैपटक धेरै गेडागुडी विरुडा खाँदा कतिपयलाई ग्यस्ट्रिक, पेट दुल्ने र अपचहुने समस्या हुन्छ।
४. गौरापर्व संरक्षण र नयाँपुस्ताको चाँसो
गौरापर्व नेपालको सुदूरपश्चिम तथा कर्णली प्रदेश क्षेत्रमा विशेष गरी मनार्इन्छ । यसके महत्वपूर्ण धार्मिक र सांस्कृतिकमा बराबर छ। यो पर्व भाद्रमहिनामा पर्छ र गौरादेवीको पूजागरी मनाइन्छ। भार्मिक अनुसार देवीपार्वतीले कठोर व्रत बसेर भगवान् शिवलाई पतिको रुपमा प्राप्त गरेको कथाले प्ख्यात छ। डा.सिंहका अनुसार परापूर्व कालदेखि हालसम्म गौरापर्व मनाउदै आएको चलन पनि एक हो भिनको छ। यो सबै वर्गकोलागि बराबर मानिने चाडपर्वको रुपमा चिनिन्छ। गौरापर्व समान्यतया भाद्रशुक्ल कृष्णपक्षको पञ्चमी तिथिबाट सुरुभई ७ देखि ८ दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।
•बिरुडा पञ्चमीः यो गौरापर्वको पहिलो दिनमा व्रतालु महिलाहरुले सफा तामा वा पितलको भाँडोमा पाँच थरिका अन्नहरु भिजाइन्छ। यसलाई शिवपार्वतीको प्रसिद्ध पवित्र प्रसाद मानिन्छ।
•षष्ठीः दोस्रो दिनमा विवाहित महिलाहरुको सामूहिक रुपमा नजिकैको जलाशय, कुँवा, पँधेरोमा बिरुडा धुनकालागि बाजगाजाकासाथ जाने गरिन्छ। बिरुडा धुने क्रममा गाइने भाका पञ्चमीकादिन इजुभिजाया बिरुडा भिजाया भनी भनिने गीत समेत
•सप्तमीः यस दिन खेतबाट धान, साउँ, दुबो, तिल र अम्रिसो आदि मिलाएर पाँचसात प्रकारका वनस्पतिहरु सड्कलन गरिन्छ। ती वनस्पतिहरुलाई मिलाएर गौरादेवीको सुन्दर प्रतिमा बनाईन्छ। यस प्रतिमालाई फलफुल र फूलहरुले सजाएर परम्परागत गौराघरमा भित्र्याईन्छ।
•अष्टमीः यो पर्वको सबैभन्दा महत्वपूर्ण दिन हो। यस दिनमा व्रतालु महिलाहरु दिनभरि निराहार व्रत बस्छन्। बैदिकमन्त्र एवम् परम्परा रीतिरीवाज अनुसार शिवगौराको पूजा गर्ने गरिन्छ। यसदिन महिलाहरुले चोखो धागोबाट बनेको “दुबो धागो” धारण गर्ने गर्दछन्। पूजागरि सकेपछि प्रसादका रुपमा “बिरुडा” बाढनेमा रमाइलोमा रमाउँछन्।
•गौरापर्वको महत्वः यसपर्वको महत्वता सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिककालागि केवल धार्मिक पर्व मात्र नभई सास्कृतिक एकता र सद्भावको प्रतिक मिनएको गौरा पर्वको मुख्य उद्देश्य पौराणिक धार्मिक आस्थाको पूजा आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरेको पार्इन्छ।
५. गौरापर्वबाट लाभावित
गौरापर्वबाट मुख्यतया सुदूरपश्चिम र कर्णाली क्षेत्रका समुदायमा बिशेषगरी विवाहित महिलाहरूका परिवार बढी लाभावित हुन्छन्। अन्य जनता र परिवारहरु जो त्यस क्षेत्रमा बसोबास गर्नेहरू पनि लाभावित भएको देखिन्छ। धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले यस पर्वबाट लाभान्वित हुने वर्ग र क्षेत्रहरु निम्नलिखित छन्।
•विवाहित महिलाहरुः गौरापर्व मुख्य रुपमा महिला केन्द्रित चाँड हो। यस पर्वमा महिलाहरुले दुबधागो धारण गर्ने अवसर पाउछन्। जसलाई उनीहरुको धार्मिक अधिकार र शक्तिको प्रतिक मानिन्छ। व्रत बस्नाले उनीहरुमा मानसिक शान्ति र धार्मिक सन्तुष्टि मिल्दछ ।
•पति तथा सन्तानः व्रतालु महिलाहरुले भगवान शिवगौरीको पूजा आराधना गरी आफना पतिको दीर्घायु, सुस्वास्थ्य, सन्तान प्राप्ति र परिवारको समृद्धिको कामना गर्छन् । धार्मिक विश्वास अनुसार यसबाट पूरै परिवारमा सुख र शान्ति छाउँछ ।
•समुदाय र समाजः गौरापर्वको अवसरमा सामूहिक रुपमा देउडा, चैत र घुमारी जस्ता लोकनृत्य तथा खेलहरु खेलिन्छ। यसले छरछिमेकी र आफन्तबीच आपसी सद्भाव, एकता, भ्रातृत्व र सामाजिक मेलमिलाप बढाउँछ।
•सुदूरपश्चिमेली पहिचान र संस्कृतिः यसपर्वले सुदूरपश्चिम र कर्णाली क्षेत्रको मौलिक भाषा, कला र संस्कृतिलाई संरक्षण र प्रर्वद्धन गर्न ठूलो मद्दत पुरयाउँछ। हालका दिनहरुमा काठमाण्डौको टुँडिखेल वा विदेशमा बस्ने नेपालीहरुले योपर्व मनाउने भएकाले यसले क्षेत्रीय पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा फैलाउनको छ। गौरापर्वको विधिसँग जोडिएको लोक संस्कृतिबारे थप कुरा जान्न सकिन्छ।
६. गौरापर्वको अन्तिम निष्कर्ष
गौरापर्वको अन्तिम निष्कर्षमा मूल सन्देश भनेको धार्मिक आस्था, पारिवारिक सद्भाव, महिला सशक्तीकरण र सुदूरपश्चिम एव कर्णाली क्षेत्रको विशिष्ट सांस्कृति पहिचान हो। पाँचदेखि सात दिनसम्म शास्त्रीय र परम्परागत विधि अनुसार मनाइने यसपर्वको अन्तिम निष्कर्षलाई देहायका बुँदाहरुमा संक्षेपमा उल्लेखित छ। गौरापर्व धर्म, संस्कृतिको मौलिकताको पहिचान हो। यसले परिवारको सुख, समृद्धिको कामना गर्नुकासाथै समाजमा आपसी प्रेम, सद्भाव र एकता बढाउँछ।
त्यसैले गौरा पर्वलाई नयाँ पुस्तामा निरन्तरता दिई यसको मौलिकता र परम्पराको संरक्षण गर्नु मौलिकता र परम्पराको संरक्षण गर्नु हाम्रो दायित्व हो। आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति र परम्परा ओझेलमा पर्न सक्ने भएकाले गौरापर्व जस्ता सांस्कृतिक सम्पदाको संरक्षणमा गर्नुमा नयाँ पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ। यस परियोजनाको निष्कर्षमा रहेको प्रेम, सद्भाव र एकताको सन्देश दिने मौलिकता जोगानु तथा अगामी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व हुन्छ।
•महिलाको श्रेष्ठता र सामाजिक सम्मानताः गौरापर्व मुख्यतया नारी केन्द्रित पर्व हो। जहाँ महिलाहरुले कठोर व्रतबसी माता पार्वतीशिवको पूजाअर्चना गरिन्छ। व्रतालु महिलाहरुले घाँटीमा दुबोधागो धारण गरिन्छ । जसलाई महिलाहरुको व्रतबन्ध वा यज्ञोपवितको रुपमा लिने गरिन्छ। यसले समाजमा महिलाको धार्मिक र सामाजिक श्रेष्ठता एव ठूले सम्मान स्थापित गरेको छ।
•पारिवारिक समृद्धि र सौभाग्यताः मातागौराले भगवानशिवलाई पतिका रुपमा पाउन गरेको कठोर तपस्याको सम्झना गर्दै विवाहित महिलाहरुले यो व्रतबस्ने गरेकाछन्। यसको अन्तिम निष्कर्ष आफनो पतिको दीर्घालु, सन्तानकोसुख, परिवारकोसुख, समृद्धि र आरोग्यताको कामना गर्नु हो।
•धार्मिक संस्कृतिको समिश्रणः पर्वको अन्तिम दिनमा तामाको भाँडामा भिजाएको पाँच प्रकारको बिरुडालाई प्रसादको रुपमा आकाशमा फाल्ने र टाउकोमा पुज्ने गर्छन्। यसले प्रकृति, कृषि र मानवजीवनको भूमिका उत्पादन प्रतिको कृतज्ञता झल्काउँछ।
•सामाजि कएकता र सांस्कृतिक पुलः गौराको अवसरमा गाईने “फाग” अठ्यावाली र सामूहिक रुपमा खेलिने देउडा खेलले समाजका हरेक वर्ग, उमेर र समुदायलाई एकै ठाउँमा जोड्छ।
समग्रमा भन्ने हो भने गौरापर्व केवल एउटा धार्मिक अनुष्ठान मात्र नभएर नेपाली सभ्यता, भाषा, सांसकृति र लोकजीवनको जीवन्त रुप हो। जसले नयाँ पुस्ताहरूलाई आफनो मौलिक जगसँग जोडिराख्न प्रेरणा दिन्छ। अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको छ। अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुबोको पूजा गर्नुपर्छ शास्त्रीय मान्यता छ। गौरापर्वमा बिशेष गरी शिवपार्वतीको पूजा गर्ने चलन छ। (लेखक डा. सिंह, समाजशास्त्र तथा सुशसन विज्ञ तथा हार्ट कल्ब नेपाल, ललितपुर जिल्ला शाखाका सभापति हुन् । )
प्रतिक्रिया