आजको अर्थको प्रबन्ध सम्पादकमा यज्ञ पोखरेल नियुक्त

बुधबार, २१ असोज २०८३, ११ : ३३

काठमाडौं– फेडरल न्युज नेटवर्कद्वारा सञ्चालित आजको अर्थ डटकमको प्रबन्ध सम्पादकमा यज्ञ पोखरेल नियुक्त भएका छन्। नेटवर्कको बुधबार बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई प्रबन्ध सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो।

लामो समयदेखि पत्रकारिता तथा लेखन क्षेत्रमा सक्रिय पोखरेलले विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका छन्। उनले विभिन्न पत्रपत्रिका तथा पुस्तकको सम्पादकीय जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।

नवनियुक्त प्रबन्ध सम्पादक पोखरेललाई स्वागत गर्दै आजको अर्थ डटकमका प्रबन्ध निर्देशक सन्तोष पुडासैनीले उनको आगमनले संस्थालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले पोखरेललाई सफल कार्यकालका लागि शुभकामनासमेत दिए ।

नवनियुक्त प्रबन्ध सम्पादक पोखरेलले आफूले हासिल गरेको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्दै संस्थाको गरिमा थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। सबैको सहकार्य र समन्वयबाट मात्रै परिणाममुखी काम गर्न सकिने उल्लेख गर्दै उनले संस्थाको स्तरवृद्धि र व्यावसायिक सुदृढीकरणमा सक्रिय भएर लाग्ने बताए।

कार्यक्रममा आजको अर्थका अध्यक्ष, प्रधानसम्पादक व्यवस्थापक लगायत सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो। उपस्थित सबैले नवनियुक्त प्रबन्ध सम्पादक पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

 

बुधबार, २१ असोज २०८३, ११ : ३३

प्रतिक्रिया