अपडेट

विश्वकै तेस्रो प्रदूषित सहर बन्यो काठमाडौं, पहिलो स्थानमा पाकिस्तानको लाहोर

विहीबार, ०३ मंसिर २०८३, १० : ५९

काठमाडौं- विश्वका सबैभन्दा बढी वायु प्रदूषण भएका सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये तेस्रो स्थानमा देखिएको हो।

आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक ९यूएस एक्यूआई० १८३ पुगेको छ।

उक्त सूचीमा पाकिस्तानको लाहोर ३२५ एक्यूआईसहित पहिलो स्थानमा रहेको छ भने बंगलादेशको ढाका २५६ एक्यूआईसहित दोस्रो स्थानमा छ।

त्यस्तै, भारतको दिल्ली १८२ एक्यूआईसहित चौथो, पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ एक्यूआईसहित छैटौँ स्थानमा रहेका छन्।

आईक्यूएयरको तथ्यांकले काठमाडौंको वायु प्रदूषणको स्तर अस्वस्थकर अवस्थामा पुगेको देखाएको छ। यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू स्वास्थ्य जोखिममा पर्न सक्छन्।

वायु प्रदूषणको उच्च स्तरलाई मध्यनजर गर्दै संवेदनशील समूहका व्यक्तिहरूलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन र बाहिर निस्कनुपरे आवश्यक सावधानी अपनाउन सुझाव दिइन्छ।

 
विहीबार, ०३ मंसिर २०८३, १० : ५९

प्रतिक्रिया