काठमाडौं- बास नेपालले एक सय महिलाहरूलाई फ्रिडम किट ब्याग प्रदान गरिएको छ । एफकेबि युकेको सहयोगमा बास नेपालले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का महिलाहरूलाई उक्त ब्याग वितरण गरेको हो ।
महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याड सहित सामाग्री भएको किट ब्याग प्रदान गरिएको हो । सामुदायिक शिक्षा किट ब्याग प्रदान गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले महिलाहरूलाई अति आवश्यक स्वास्थ्य सामाग्री प्रदान गर्नु महत्त्वपूर्ण रहेको बताए ।
महिलाहरूको स्वास्थ्यमा योगदान पुर्याउने हेतुले पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड सहितको सामाग्री प्रदान गरी बासले सामुदायिक महिलाहरूका लागि ठूलो योगदान पुर्याएको उनले बताए ।
उनले पालिकाहरूबाट बर्सेनि सेनेटरी प्याड वितरणका नाममा लाखौँ रकम खर्च गरेको उल्लेख गर्दै एक पटक लगानी गरेर लामो समय प्रयोग गर्न मिल्ने गुणस्तरीय कपडाको प्याड वितरणका लागि आगामी दिनमा सबै पालिकाहरूसँग छलफल गर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले वडा नम्बर ७ का बादी समुदायका महिला र पछाडि पारिएका, परेका वर्गका महिलाहरूको उत्थानका लागि फ्रिडम ब्याग प्रदान हुनु अत्यन्तै सकारात्मक रहेको बताए । महिलाहरूको स्वास्थ्यका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड उपयोगी हुने धारणा उनले राखे ।
कार्यक्रममा वडा सदस्य नुर अहमद, कल्पना नेपाली, बास नेपालका केन्द्रीय सदस्य द्वय बसन्ती रोकाय र बब्लु शेष लगायतको उपस्थिति थियो । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए भने कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत रवीन्द्र बोहराले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरूले वडाको विभिन्न टोलका बादी, मुस्लिम, मधेसी लगायतका किशोरी, महिलाहरूलाई फ्रिडम किट ब्याग प्रदान गरेका थिए ।
कार्यक्रममा कार्यक्रमकी प्रबन्धक रमिता शाह र शिक्षा अधिकृत मिना घर्ति मगरले महिनावारी शिक्षा बारे प्रशिक्षण दिएका थिए । फ्रिडम किट ब्याग प्राप्त गरिसकेपछि प्रतिक्रिया दिँदै सहभागीहरूले खुसी व्यक्त गर्दै महिनावारी स्वच्छताका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड उपयोगी भएको बताए ।
प्रतिक्रिया