राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेट

शुक्रबार, ११ मंसिर २०८३, १७ : ३५

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

शुक्रबार, ११ मंसिर २०८३, १७ : ३५

प्रतिक्रिया