भक्तपुरमा रित्तो थाल बोकेर सडकमा उत्रिए सुकुम्बासी, बास नखोस्न सरकारसँग आग्रह

शुक्रबार, ११ मंसिर २०८३, १४ : १०

भक्तपुर–  भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीहरुले थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन  रित्तो थाल बोकेर प्रदर्शनमा उत्रिएका हुन्। हातमा रित्तो थाल बोकेर सडकमा निस्किएका सुकुम्बासिको आफ्नो समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनमा महिला, बालबालिकासहित स्थानीय बासिन्दाहरुको सहभागिता देखिएको छ। उनीहरूले आफ्नो गाँस ,बास , जीविकोपार्जन र भविष्यसँग जोडिएका समस्याप्रति राज्य गम्भीर हुनुपर्ने बताएका छन् । स्थानीय प्रशासनले होल्डिङ सेन्टरमा बसेका सुकुमबासीहरुलाई २ बजेसम्ममा सो स्थान खाली गर्न निर्देशन दिएपछि त्यहाँ रहेका सुकुमबासी आन्दोलित भएका हुन् । 

शुक्रबार, ११ मंसिर २०८३, १४ : १०

प्रतिक्रिया