अपडेट

मन्त्रिपरिषद्को मर्यादाक्रम फेरियो, सोविता गौतम सातौँबाट तेस्रो नम्बरमा

विहीबार, १० मंसिर २०८३, १६ : ३९

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट बढुवा हुँदै तेस्रो नम्बरमा पुगेकी छन् ।

मर्यादाक्रममा गौतमको स्थान माथि पुगेपछि परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल तल झरेका छन् ।

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रमअनुसार खनाल चौथो, श्रेष्ठ पाँचौँ, गुरुङ छैटौँ र लम्साल सातौँ स्थानमा रहेका छन् ।

१७ सदस्यीय मन्त्रिपरिषद्का अन्य सदस्यको मर्यादाक्रम भने यथावत् राखिएको छ ।

विहीबार, १० मंसिर २०८३, १६ : ३९

प्रतिक्रिया