काठमाडौं- नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा प्रवेशका लागि आवश्यक पर्ने एन–ट्याग (N-Tag) अब सानिमा बैंक लिमिटेडका देशभर रहेका शाखाहरूबाट उपलब्ध हुने भएको छ ।
सडक बोर्ड नेपालद्वारा सञ्चालित उक्त सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन (Electronic Toll Collection) प्रणाली लागू गरिएको छ । यस प्रणालीअन्तर्गत सवारीसाधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएका उपकरणले स्वतः पहिचान गर्नेछन् । त्यसपछि सम्बन्धित ट्यागबाट टोल शुल्क स्वतः कट्टा भई गेट खुल्ने व्यवस्था छ । यसले यात्रुलाई लामो समय लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्त गर्दै छिटो र सहज यात्रा गर्न सहयोग पुग्नेछ ।
सवारीधनीहरूले सानिमा बैंकका देशभरका जुनसुकै शाखामा पुगेर एन–ट्याग लिन सक्नेछन् । एन–ट्यागमा इसेवा, फोनपे नेटवर्क तथा बैंकको मोबाइल बैंकिङ सेवामार्फत रकम रिचार्ज गर्न सकिने बैंकले जनाएको छ । काठमाडौं उपत्यकामा मात्र सीमित नराखी देशभरका शाखामार्फत सेवा उपलब्ध गराइएकाले उपत्यकाबाहिरका सवारीधनीहरूले समेत नजिकैको शाखाबाट यो सुविधा लिन सक्नेछन् ।
सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानी प्रणालीको सहजीकरण गर्न पाउनु बैंकका लागि गौरवको विषय भएको बताए ।
उनले भने, “नागढुङ्गा सुरुङमार्गजस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु हामीलाई गौरवको विषय हो । आफ्नो फराकिलो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म यो सेवा पुर्याउन सानिमा बैंक प्रतिबद्ध छ ।”
एन–ट्याग तथा यससम्बन्धी थप जानकारीका लागि नजिकैको सानिमा बैंक शाखा, बैंकको ग्राहक सेवा वा ९८४७६९४५१० मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया